PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

ब्राजिलमा वामपन्थी दललाई पराजित गर्दै उग्र दक्षिणपन्थी नेता बोल्सोनारु राष्ट्रपतिमा विजयी



पहिलोपोस्ट

ब्राजिलमा वामपन्थी दललाई पराजित गर्दै उग्र दक्षिणपन्थी नेता बोल्सोनारु राष्ट्रपतिमा विजयी
Photo:Al Jazeera

काठमाडौँः ब्राजिलमा उग्रदक्षिणपन्थीको उदय भएको छ। ब्राजिलमा भएको राष्ट्रपतिको निर्वाचनमा उग्रदक्षिणपन्थी नेता जैर बोल्सोनारु विजयी भएका छन्। दक्षिण अभेरिकाको धेरै जनसंख्या र ठूलो अर्थतन्त्रमा लामो समय देखि वामपन्थी नेतृत्व रहँदै आएको थियो।

त्यहाँको निर्वाचन आयोगले दिएको अन्तिम नतिजा अनुसार बोल्सोनारुले वामपन्थी वर्कस पार्टीका फर्नान्डो ह्याडेगलाई पराजित गर्दै राष्ट्रपतिमा विजयी भएको अलजजिराले जनाएको छ।

मतगणना सकिँदा बोल्सोनारुले ५६ प्रतिशत मत हासिल गरेका छन्। उनका प्रतिस्पर्धी फर्नान्डो ४५ प्रतिशत मत मात्र प्राप्त गरेको समाचारमा जनाइएको छ।

विजयी भएसँगै उनले सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ सन्देश दिँदै भनेका छन्, ‘हामी अब कहिल्यै समाजवाद, कम्युनिस्ट, उग्रवाद र प्रचारवादको शिकार हुने छैनौँ।’

उनले संविधान प्रजातन्त्र र स्वतन्त्रताको रक्षा गर्ने घोषणसमेत गरेका छन्। ‘यहाँ कुनै पार्टीको वाचा छैन् न त कुनै व्यक्तिको शब्द छ। यो त भगवानको अगाडि लिइएको सपथ हो,’ विजयी भएसँगै उनले भनेका छन्।

ब्राजिलमा वामपन्थी वर्कर्स पार्टीले लगातार चारवटा निर्वाचन जित्दै आएको थियो। पछिल्लो समय वामपन्थी सरकारमाथि लागेको भ्रष्टाचारको आरोपसँगै यहाँ उग्र दक्षिणपन्थी दलको विजयी सुरुवात भएको हो।

निर्वाचन अभियानका क्रममा राष्ट्रपतिमा निर्वाचित बोल्सोनारुले ब्राजिलमा गत वर्ष भएको ६४ हजार अपराधको छानबिन गर्ने र मानिसहरुले हतियार राख्ने लाइसेन्स दिने घोषणा गरेका थिए। त्यस्तै उनले प्रहरीलाई अपराधी मार्ने अन्तिम अधिकार दिइने समेत घोषणा गरेका थिए।

निर्वाचनका क्रममा उनले देशलाई आवश्यक सुरक्षा दिने घोषणा समेत गरेका थिए।

उनका समर्थकहरुले बोल्सोनारु इमान्दार भएको बताइरहेका छन् भने विपक्षीहरुले उनलाई तानाशाहको रुपमा चित्रण गर्दै प्रजातन्त्रको लागि खतरा भनेका छन्। त्यस्तै उनको इतिहास लैंगिक अल्पसंख्यक, महिला, पारालैंगिक जनताविरुद्ध देखिन्छ। साथै उनले प्रहरीलाई हत्या गर्नेसम्मको गैरन्यायिक अधिकार दिने घोषणा गरेका छन् भन्दै आलोचना भइरहेको छ।

‘उनले स्पष्ट घोषणा गरेका छन् कि आफ्ना विपक्षीसँग उनी कुनै सम्वाद चाँहदैनन्,’ सान पाओलोका एक कर्पोरेट वकिल पेड्रो इगोर मान्टोनले भनेका छन्, ‘यो कुनै पनि देशका लागि खतराको विषय हो त्यसमाथि पनि हाम्रो कलिलो प्रजातन्त्र भएको देशमा।’

राष्ट्रपतिको निर्वाचन अन्तर्गत भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशत मत नल्याएपछि अक्टुबर २८ मा त्यहाँ पुनः मतदान भएको थियो। पहिलो चरणको निर्वाचनमा ४६ प्रतिशत मत हासिल गरेका बोल्सेनारुले यसपटक ९ प्रतिशत मत बढाएर फराकिलो जित निकालेका हुन्।

निर्वाचन अभियान केही हिंसात्मक देखिएको थियो। प्रचार अभियानकै क्रममा बोल्सेनारुमाथि छुरासमेत प्रहार भएको थियो।

 

विवादास्पद विगत

बोल्सोनारु ब्राजिलमा भएको राजनीतिक संकट तथा आर्थिक मन्दीसँगै अप्रत्यासित रुपमा सांसद् हुँदै राष्ट्रपतिको रुपमा उदाएका हुन्। पूर्व सैन्य अधिकारीसमेत रहेका उनी ब्राजिलमा सन् १९६४ देखि १९८५ सम्म भएको क्रुर सैन्य शासनको समर्थन गरेका थिए। सैन्य शासनकालमा सैयौँ विपक्षी नेताहरुको हत्या भएको थियो भने हजारौँलाई यातना दिइएको थियो।

उनको मन्त्रिपरिषदमा पूर्व सैन्य अधिकारीहरु सामेल गरिने विश्वास गरिएको छ। गत आइतबार आफ्ना हजारौँ समर्थकहरुमा माझ वामपन्थीहरुलाई अपराधी भन्दै आफ्नो देशबाट पूरै प्रतिबन्ध गर्ने उद्घोष गरेका थिए। ‘रेड (वमपन्थी) अपराधीहरु हाम्रो गृहभूमिबाट पूर्ण निर्मुल हुने छन् कहिल्यै नदेखिए जस्तै,’ उनले भनेका थिए।

पराजित भएसँगै वामपन्थी नेता हडाडले आफूलाई मतदान गर्ने ४५ मिलियन जनसंख्याको स्वतन्त्राका लागि लड्ने घोषणा गरेका छन्।

उनको विजयसँगै प्रजातन्त्रमा असर पर्ने विश्लेषण गरिएको छ। ‘हामीले विगतदेखि अनुभव गरेका छौँ कि उग्रहरुको राष्ट्रपतिमा विजयी भएसँगै प्रजातन्त्रमा खराब असरहरु देखिएका छन्,’ रियो दि जेनेरियो विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक माउरिसियो सान्तोरोले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell