PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रधानमन्त्रीको स्वाथ्यमा थप सुधारः चिकित्सक भन्छन् ‘रिपोर्ट सकारात्मक, अवस्था सन्तोषजनक’ 



पहिलोपोस्ट

प्रधानमन्त्रीको स्वाथ्यमा थप सुधारः चिकित्सक भन्छन् ‘रिपोर्ट सकारात्मक, अवस्था सन्तोषजनक’ 

काठमाडौँः छातीमा इन्फेक्सन तथा शरीरमा चिनीको मात्रा असन्तुलन भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य थप सुधार भएको अस्पतालले जनाएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अवस्था थप सुधार भएको बताएको छ। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बुधबार बिहान प्रधानमन्त्रीले दुई मन्त्रीसँग अस्पतालमा नै छलफल समेत गरेका छन्। बुधबार बिहानका परीक्षण रिपोर्टहरु पनि सकारात्मक छन्।


स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उपचार टोलीका संयोजक प्रा.डा. अरुण सायमिले अवस्था थप सुधारोन्मुख रहेको बताए। सायमिले एन्टिवायोटिक चलाइरहेका कारण डिस्चार्ज भने यकिन नभएको पनि बताए। 

चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीले अस्पतालमै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग भेटघाट गरेका छन्। 

प्रधानमन्त्री स्वयंमले समेत डिस्चार्जका लागि आग्रह गरे पनि अस्पतालबाट निवास लैजाँदा हुने सम्भावित संक्रमणलाई लिएर चिकित्सकले केही दिन अस्पतालमै रहन सुझाव दिएका हुन्। 

स्वास्थ्य अवस्था बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell