PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

पिपिएल खेल्ने यी हुन् १२ विदेशी खेलाडी, भारतीय खेलाडीको वर्चस्व



पहिलोपोस्ट

पिपिएल खेल्ने यी हुन् १२ विदेशी खेलाडी, भारतीय खेलाडीको वर्चस्व

काठमाडौँ : पोखरामा पहिलो पटक पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट भइरहेको छ। क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा भइरहेको प्रतियोगितामा विभिन्न ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। जहाँ नेपाली खेलाडीसँगै १२ विदेशी खेलाडीले समेत खेलिरहेका छन्।

सहभागी प्रत्येक टोलीले दुई विदेशी खेलाडी अनिवार्य खेलाउनुपर्ने नियमअनुसार ६ वटै टिमले विदेशी खेलाडी अनुबन्ध गरेका हुन्।

नेपाली खेलाडीसँगै पर्यटकीय नगरी पोखरामा माच्छापुछ्रे हिमालको अगाडी खेल्न पाउँदा विदेशी खेलाडीहरु उत्साहित देखिएका छन्।

साथै खेलको नतिजामा पनि विदेशी खेलाडीको प्रभाव स्पष्ट देखिएको छ। नेपाली खेलाडीको तुलनामा विदेशी खेलाडीले खेलको नतिजा निर्धारण गरिरहेका छन्। बुधबार विराटनगर टाइटन्सले पहिलो जित हात पार्ने क्रममा विदेशी खेलाडी मोहम्मद जैद बलमले ७३ रनको पारी खेले। यस्तै चितवन राइनोजलाई पनि पहिलो जित दिलाउँदा भारतीय खेलाडी सन्नी पटेलले नटआउट २८ रन बनाउँनुका साथै ४ विकेट पनि लिए।

यी उदाहरण मात्र हुन्। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन हेर्दा विदेशी खेलाडीको नाम अगाडी आइरहेको छ।


यी हुन पिपिएल खेल्ने विदेशी खेलाडी

चितवन       : सन्नी पटेल र स्मिथ पटेल (भारत)

पोखरा          : रविइन्दर सिंह (भारत),  मोहम्मद नाभिद (युएइ)

काठमाडौँ      : गौरव तोमर र जयकिसन कोल्सावाला (भारत)

विराटनगर   : मोहम्मद जैद आलम (पाकिस्तान), एन्टोन आन्द्रे सुबिकसान (भारत)

धनगढी       : पिटर ट्रेगो र ड्यानिएल लरेन्स (इंग्ल्याण्ड)

बुटवल         : रोहन मुस्ताफा र चिराग सुरी (युएई)


अहिले पिपिएलमा कूल १२ विदेशी खेलाडीले खेलिरहेका छन् जसमध्ये आधा छिमेकी भारतका छन्। यस्तै युएईका तीन, इंग्ल्याण्डका दुई र पाकिस्तानका एक खेलाडीले पोखरामा खेलिरहेका छन्।

यी १२ मध्ये चितवनका सन्नी पटेल, बुटवल ब्लास्टर्सका रोहन मुस्ताफा र काठमाडौँ रोएल्सका जयकिसन कोल्सावालले यसअघि पनि नेपालमा टी-२० लिग खेलिसकेका छन्।

बाँकी खेलाडी भने पहिलो पटक नेपालमा खेलिरहेका छन्।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँलाई लगातार दुई जित दिलाउन भारतीय खेलाडी गौरव तोमरले उत्कृष्ट खेलिरहेका छन्। उनले दुई खेलमा १६१ रन बनाइसकेका छन्। दुबै जितमा उनले महत्वपूर्ण पारी खेले। तोमरले ३ विकेट समेत लिइसकेका छन्।

यस्तै विराटनगरका जैद आलमले ३ खेलबाट १५८ रन बनाइसकेका छन्। टिम पराजित हुँदा पनि उनले रन भने बनाइरहेका छन्। उनले प्रतियोगितामा दुई अर्धशतक समेत प्रहार गरिसके।

चितवनबाट खेलिरहेका अलराउण्डर सन्नी पटेलले  ५ विकेट लिइसकेका छन् भने ८१ रन बनाएका छन्।

यसैगरी पोखरा पल्लटनबाट खेल्ने भारतीय खेलाडी रविइन्दर सिंहले ३ खेलबाट १२० रन बनाइसकेका छन् भने युएईका बलरले मोहम्मद नाभिदले २ खेलबाट ४ विकेट लिइसकेका छन्।

युएईका रोहन मुस्ताफाले बुटवलबाट खेल्दै ४६ रन बनाएका छन् भने ३ विकेट लिएका छन्। अर्का युएईका खेलाठी चिराग सुरीले भने अहिलेसम्म राम्रो खेल्न सकेका छैनन्।

यस्तै धनगढी ब्लुजबाट खेल्ने इंग्लिस खेलाडीद्वय पिटर ट्रेगो र ड्यानिएल लरेन्सले पनि राम्रो खेलिरहेका छन्। ट्रेगोले एक अर्धशतकसहित तीन खेलबाट ९९ रन बनाएका छन् भने २ विकेट पनि लिएका छन्। यस्तै लरेन्सले ४ विकेट लिइसकेका छन्।

सर्वाधिक रन बनाउने सूचीको शीर्ष तीनमा विदेशी खेलाडी नै छन्। तोमरले सर्वाधिक १६१ रन बनाएका छन् भने जैद आलमले १५८ तथा रविइन्दरले १२० रन बनाएका छन्।

बलिङमा धेरै विकेट लिने विदेशी खेलाडीमा सन्नी पटेल (५ विकेट) पाँचौ र मोहम्मद नाभिद (४ विकेट) सातौँ स्थानमा छन्।

यी हुन् अहिलेसम्म सर्वाधिक रन बनाउने दब खेलाडी:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell