PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

यी हुन् पीपीएलमा सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडीहरु



पहिलोपोस्ट

यी हुन् पीपीएलमा सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडीहरु

पोखरा : पर्यटकिय नगरी पोखरामा पहिलो पटक आयोजना भइरहेको पोखरा प्रिमियर लिग (पीपीएल)को फाइनल भोली हुँदैछ।

कात्तिक ९ गतेदेखि पोखरा रंगशालमा सुरु भएको प्रतियोगिताको १५ खेल सकिएको छ र अब फाइनल मात्र बाँकी छ।

नेपाली घरेलु क्रिकेटमा सर्वाधिक धनराशीको पुरस्कार रहेको पीपीएलको उपाधिका लागि घरेलु टोली पोखरा पल्टन र चितवन राइनोज भिड्दैछन्।

अक्सनमा बलियो देखिएको दुई टोली नै लिग चरणमा पारस गरेर फाइनल पुगेका हुन्। आयोजकको नियम अनुसार सहभागि ६ वटै टोलीले २-२ विदेशी खेलाडी राखेका थिए। दुवै टिमलाई फाइनल पुर्‍याउन विदेशी खेलाडीको समेत महत्वपूर्ण योगदान रह्यो।

सर्वाधिक रन बनाउने खेलाडीमा विदेशी खेलाडीहरुकै वर्चस्व रह्यो। शीर्ष दशको सूचीमा ६ विदेशी खेलाडी छन् ने सर्वाधिक रन बनाउने पहिलो र दोस्रो स्थानमा विदेशी खेलाडी नै छन्।

काठमाडौँ रोएल्सबाट खेलेका भारतीय खेलाडी गौरव तोमरले ६ खेलबाट २ अर्धशतकसहित २११ रन बनाए। उनको उच्च स्कोर ९५ रन थियो। यस्तै विराटनगर टाइटन्सबाट खेलेका पाकिस्तानी युवा खेलाडी मोहम्म जैद आलमले ४ खेलबाट ३ अर्धशतकसहित २०९ रन बनाए।

नेपाली खेलाडीतर्फ सर्वाधिक रन बनाउनेमा अगाडी रहेका दीपेन्द्र सिंह यस सूचीमा तेस्रो स्थानमा रहे। धनगढी ब्लुजका कप्तान र मार्की खेलाडीसमेत रहेका दीपेन्द्रले पाँच खेलबाट १८९ रन बनाए। उनले २ अर्धशतक प्रहार गरेका थिए।

फाइनल पुगेका दुई टोलीमध्ये धेरै रन बनाउने खेलाडीमा भने पोखरामा रविइन्दर सिंह छन्। उनले फाइनलअघि १७० रन बनाइसकेका छन् र सर्वाधिक रन बनाउने खेलाडी बन्ने होडमा समेत छन्। पोखराका लागि पाँच खेल खेलेका उनले एक अर्धशतक प्रहार गरे। यस्तै धनगढीका पिटर ट्रेगोले ५ खेलमा १६६ रन प्रहार गरे।

फाइनल खेल्ने अर्को टोली चितवनबाट खेलेका भारतीय खेलाडी सन्नी पटेलले पाँच खेलबाट १५१ रन बनाइसकेका छन्। यसबाहेक विदेशी खेलाडीहरु रोहन मुस्ताफा, जयकिसन कोल्सावाला र स्मीथ पटेलले पनि सय रनको आँकडा पुरा गरेका छन्।

यस्तै सर्वाधिक विकेट लिने खेलाडीहरुमा भने नेपाली खेलाडीहरु अगाडी छन्।
 

फाइनल पुगेको चितवनका बलर करण केसीले ६ खेलबाट सर्वाधिक ११ विकेट लिएका छन्। विराटनगर टाइटन्सका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछानेल ५ खेलबाट १० विकेट लिए। यस्तै चितवनकै सन्नी पटेल र पोखराका ललित राजवंशीले ९-९ विकेट लिएका छन्। करणसँगै यी दुई खेलाडी पनि सर्वाधिक विकेट टेक बन्ने होडमा छन्।

यसबाहेक लिग चरणबाट बाहिरिएका बुटवल ब्लास्टर्सका विपिन खत्री, काठमाडौँ रोएल्सका बसन्त रेग्मी, सुशन भारी र अमर सिंह्य राउटेलाले समान ८ विकेट लिएका छन् चितवन राइनोजका स्मीथ पटेल र पोखरा पल्टनका रासिद खानले ७-७ विकेट लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell