PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

पीपीएल फाइनलः घरेलु टोली पोखरा र चितवन उपाधिका लागि भिड्दै, कसले मार्ला बाजी?



पहिलोपोस्ट

पीपीएल फाइनलः घरेलु टोली पोखरा र चितवन उपाधिका लागि भिड्दै, कसले मार्ला बाजी?

काठमाडौँः पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल खेल आज हुँदैछ। घरेलु टोली पोखरा पल्टन र चितवन राइनोज उपाधिका लागि भिड्दैछन्। 

चितवन राइजोजलाई राष्ट्रिय टिमका कप्तान पारस खड्काले नेतृत्व गरेका छन्। भने, पोखराको नेतृत्व राष्ट्रिय टिमकै अर्का प्रभावशाली खेलाडी शरद भेषावकरले गरेका छन्। 

लिग चरणमा अंक तालिकामा शीर्ष रहँदै घरेलु टोली पोखरा फाइनलमा प्रवेश गरेको थियो। तर, लिगका दुई खेल लगातार हारेको चितवन राइनोज त्यसपछिका लगातार चार खेल जितेर फाइनल प्रवेश गरेको हो। प्लेअफमा चितवनले राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको टिम काठमाडौँलाई पराजित गरेको थियो। 

खेल पोखरा रंगशालामा बिहान ११ बजेदेखि सुरु हुनेछ। खेल समापन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुँदैछन्।  

विजेता टोलीले २७ लाख नगद पाउनेछ। भने, उपविजेता टोलीले दश लाख रुपैयाँ पाउनेछ। पीपीएल सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell