PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

१० लाख रुपैयाँ बराबरको पटाका प्रहरीले इनारमा खसाल्दै गर्‍यो नष्ट

१० लाख रुपैयाँ बराबरको पटाका प्रहरीले इनारमा खसाल्दै गर्‍यो नष्ट

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: तिहारको अवसरमा विक्री वितरण गर्ने ल्याइएका १० लाख रुपैयाँ बराबरको पटाका प्रहरीले नष्ट गरेको छ। बुधवार महानगरीय प्रहरी परिसर काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभिन्न स्थानबाट बरामद भएको पटका तथा विस्फोटनजन्य पदार्थ नष्ट गरेको हो।

बरामद पटकालाई परिसरमा रहेको पानीको इनारमा हालेर नष्ट गरिएको थियो। तिहारको अवसरमा पटका बिक्री वितरण गर्ने ९ जनालाई नियन्त्रणमा लिई अनुसन्धान समेत गरिएको परिसरका प्रमुख वसन्त लामाले जानकारी दिए।

तिहारको समयमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यस्थासमेत अपनाइसकेको छ। रमाइलो गर्ने बहानामा जुवा तास खेल्ने, पटाका पड्काउने र होहल्ला गर्नेलाई सार्वजनिक अपराधदेखि विस्फोटक पदार्थ ओसारपसारसम्मको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँले कहीँ कतै पटाका, भुइँचम्पालगायतका विस्फोटक पदार्थ पट्काउने तथा बिक्री वितरण गर्नेलाई तत्काल कारबाही गर्न सिभिल प्रहरी परिचालन गरेको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए।

प्रहरीले राजधानी भित्रिने विभिन्न नाकामा पटकालगायतका पदार्थको चेकिङमासमेत कडाइ गरेको प्रहरीको दाबी छ। अहिलेसम्म प्रहरीले लाखौँको पटकासमेत बरामद गरेको एसएसपी लामाले जानकारी दिए।



ट्रेन्डिङ पोस्ट

Ncell