PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लक्ष्मीपूजाका लागि बालेको बत्ती सर्ट हुँदा लोकन्थलीमा आगलागी, ११ लाख बराबरको क्षति



पहिलोपोस्ट

लक्ष्मीपूजाका लागि बालेको बत्ती सर्ट हुँदा लोकन्थलीमा आगलागी, ११ लाख बराबरको क्षति
प्रतीकात्मक तस्विर

भादगाउँः मध्यपुरथिमि–१स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। स्थानीय सगरमाथा स्कुल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैत्यश्वर गाउँपालिका–७ का विनोद ढुङ्गेलको कोठामा आगलागी हुँदा रु ११ लाख बराबरको सामान क्षति भएको हो।

लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत् सर्ट भई आगलागी भएको सानोथिमिस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश राईले बताए।

“सोही घरको भुई तलामा किराना पसल सञ्चालन गर्दै आएका ढुङ्गेलले लक्ष्मी पूजा गरी बत्ती बालेर आफन्तको घरमा खाना खान गएका बेला अचानक विद्युत् सर्ट भई आगलागी भएको हो”, उनले भने।

आगलागीबाट करिब १० तोला सुन, नगद रु पाँच लाख, ल्यापटप दुई थान, कम्युटर एक थान, काठको दराज एक थानलगायत लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए।

करिब ७ बजेर ४५ मिनेटमा लागेको आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासले करिब ९ बजे निभाइएको थियो। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell