PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओलम्पिक छनोट (महिला फुटबल) : म्यानमारसँग पनि नेपालको बराबरी, दोस्रो चरणमा पुग्ने सम्भावना कायमै



पहिलोपोस्ट

ओलम्पिक छनोट (महिला फुटबल) : म्यानमारसँग पनि नेपालको बराबरी, दोस्रो चरणमा पुग्ने सम्भावना कायमै
photo : mfa

काठमाडौँ : सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकअन्तर्गत महिला फुटबलको लागि एसियाली छनोटमा नेपालले बलियो टोली म्यानमारसँग बराबरी खेलेको छ।

समूह सी अन्तर्गत म्यानमारमै भइरहेको छनोटमा नेपालले घरेलु टोलीसँग १-१ को बराबरी खेल्दै अंक खोसेको हो।

यांगुनस्थित थुनुवा रंगशालमा नेपालले सुरुवाती अग्रता लिएपनि म्यानमारले बराबरी गोल फर्काएको थियो।

खेलको दोस्रो मिनेटमै सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई अग्रता दिलाएपनि १४औँ मिनेटमा घरेलु टोलीले बराबरी गोल फर्काएको हो। त्यसपछि खेलमा दुवैतर्फबाट गोल नभएपछि अंक बाँडेका हुन्।

बराबरीपछि नेपालले दुई खेलबाट २ अंक मात्र जोडेको छ। म्यानमारले ४ र भारतले पनि ४ अंक नै जोडेको छ। तीनवटै टोली अपराजित छन्।

दुई खेल हारेर अंकविहिन रहेको बंगलादेश समूह चरणबाटै बाहिरिने सम्भावना बढी छ।

लगातार दुई बराबरी खेलेपछि नेपालको दोस्रो चरण पुग्ने सम्भावना भने अझै बाँकी छ। अन्तिम खेलमा नेपालले बंगलादेशलाई फराकिलो गोल अन्तरमा हराउने अनी म्यानमार र भारतले बराबरी खेल्ने हो भने नेपाल समूह विजेता नै हुने सम्भावना भने बाँकी नै छ।

अर्को खेलमा भारत/म्यानमार विजयी हुने र नेपाल पनि विजयी भएमा भारत/म्यानमार पहिलो र नेपाल दोस्रो हुनेछ। यस्तो भए नेपाल उत्कृष्ट दुईभित्र पर्दै दोस्रो चरणमा छ। यस्तै नेपालले बंगलादेशसँग बराबरी खेलेमा तेस्रो हुनेछ र तेस्रो मध्ये उत्कृष्टमा पर्दै दोस्रो चरण पुग्ने सम्भावना बाँकी नै रहनेछ।

नेपालले बंगलादेशसँग मंगलवार समूह चरणको अन्तिम खेल खेल्नेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell