PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

निर्मलाका हत्याको ११० दिन : बुबाआमाको अनिश्चितकालीन धर्ना दोस्रो दिन पनि जारी



एम बम

निर्मलाका हत्याको ११० दिन : बुबाआमाको अनिश्चितकालीन धर्ना दोस्रो दिन पनि जारी

कैलाली : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका २ खोल्टीकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै हिजोदेखि शुरु गरिएको अनिश्चितकालीन २४ घण्टे धर्ना कार्यक्रम दोश्रो दिन पनि जारी छ।

धर्नामा निर्मलाका बुवा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त, लक्ष्मीदेवी पन्त, महिला अधिकारकर्मी लक्ष्मी मल्ल, शारदा चन्द, नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारी लगायत नागरिक समाजका प्रतिनिधि पनि सहभागी छन्।
 
निर्मलाको हत्या भएको १ सय १० दिन पुगे पनि हत्यारा पत्ता लागेको छैन। उनीहरुले हिजोबाट जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि २४ घण्टे धर्ना सुरु गरेका हुन् । 

गत साउन १० गते साथीको घर जान्छु भनेर गएकी निर्मलाको ११ गते उखुबारीमा बलात्कार पछि हत्या भएको अवस्थामा शव फेला परेको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell