PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • मत विभाजन नगरेरै नियमावली विपरीत अस्वीकृत भयो सुदूरपश्चिम प्रदेश सभाबाट मुख्यमन्त्रीले मागेको विश्वासको मत

    मत विभाजन नगरेरै नियमावली विपरीत अस्वीकृत भयो सुदूरपश्चिम प्रदेश सभाबाट मुख्यमन्त्रीले मागेको विश्वासको मत

    कैलाली : सङ्घीयता अभ्यासको पहिलो कार्यकालमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री फेरबदल भएन। केही प्रदेशमा तीनपटक मुख्यमन्त्री फेरिँदा यहाँको सरकार ढलेन। तर, यस पटक सरकार गठनको महिना दिन नबित्दै मुख्यमन्त्री फेरबदलको क्रम यसै प्रदेशबाट सुरु भएको छ। बिहीबार मुख्यमन्त्री नियुक्त भएको ३० औं दिनमै सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावल पदमुक्त भएका छन्। प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेर उनी पदमुक्त भएका हुन्। तर, रावलको संसदबाट…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम सरकारको नेतृत्व अब कांग्रेसले पाउने, शाह बन्लान् मुख्यमन्त्री?

    सुदूरपश्चिम सरकारको नेतृत्व अब कांग्रेसले पाउने, शाह बन्लान् मुख्यमन्त्री?

    धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेसँगै अब सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ। आज प्रदेशसभामा विश्वासको मत लिने क्रममा नागरिक उन्मुक्ति पार्टीले साथ नदिएपछि मुख्यमन्त्री राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको हो। के छ संवैधानिक व्यवस्था? रावल पदमुक्त भएसँगै संवैधानिक व्यवस्थाअनुसार पहिलो ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको हो। मुख्यमन्त्रीले विश्वासको मत लिन नसके प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • सभामुखको निर्वाचनका लागि मतदान भइरहँदा सुदूरपश्चिम प्रदेशसभा भवनमा जे देखियो...

    सभामुखको निर्वाचनका लागि मतदान भइरहँदा सुदूरपश्चिम प्रदेशसभा भवनमा जे देखियो...

    कैलाली : मङ्गलवार सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित भएका छन्। उक्त बैठक अघि सभामुखकै निर्वाचनका लागि सुदूरपश्चिममा दुई बैठक बसी दुई पटक निर्वाचन भएको थियो । मङ्गलवार भने गठबन्धनका २९ सदस्यले भण्डारीको पक्षमा मतदान गर्दा उनी निर्वाचित भएका हुन्। सभामुखको निर्वाचनका लागि मतदान भइरहँदा प्रदेशसभा भवनमा देखिएको दृश्य :  

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको किचलो, नागरिक उन्मुक्तिको बहिस्कार : दोस्रोपटक पनि चयन हुन सकेन सुदूरपश्चिममा सभामुख

    गठबन्धनको किचलो, नागरिक उन्मुक्तिको बहिस्कार : दोस्रोपटक पनि चयन हुन सकेन सुदूरपश्चिममा सभामुख

    कैलाली : सुदूरपश्चिम प्रदेशमा गठबन्धन भित्र किचलो बढेपछि सभामुख चयनको दोस्रो प्रयास पनि विफल भएको छ। बिहीबार एक मत बदर तथा गठबन्धनका दुई सदस्यको अनुपस्थितिले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका भीम भण्डारी सभामुख चयन हुनबाट एक मतले रोकिएका थिए। शुक्रबार गठबन्धनको किचलो तथा सभाध्यक्षको अनुपस्थितिले प्रदेश सभा बैठक बस्न सकेन। सभामुखको निर्वाचनका लागि शनिवार बसेको प्रदेश सभा बैठकबाट पनि सभामुख…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मत नलिँदै संकटमा सुदूरपश्चिमका मुख्यमन्त्री : कि बहुमत देखाउनुस्, नभए तुरुन्त राजीनामा दिनुस्

    विश्वासको मत नलिँदै संकटमा सुदूरपश्चिमका मुख्यमन्त्री : कि बहुमत देखाउनुस्, नभए तुरुन्त राजीनामा दिनुस्

    कैलाली : सुदूरपश्चिम प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजेन्द्र सिंह रावलको राजीनामा माग गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्री रावलको राजीनामा माग गरेका हुन्। प्रदेश सभामा सभामुख चयनको प्रक्रिया दोस्रोपटक पनि सफल हुन सकेन। उक्त बैठकमा विशेष समयमा बोल्ने क्रममा सोडारीले अल्पमतमा परेकाले मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने नभए बहुमत देखाउनुपर्ने बताएका हुन्। सुदूरपश्चिम…

    विस्तृतमा पढ्नुस्

  • एक मत बदर हुँदा एक मतले नै सभामुख हुनबाट रोकिए माओवादी केन्द्रका उम्मेदवार भण्डारी

    एक मत बदर हुँदा एक मतले नै सभामुख हुनबाट रोकिए माओवादी केन्द्रका उम्मेदवार भण्डारी

    कैलालीः बहुमतका लागि एक मत नपुगेपछि सुदूरपश्चिम प्रदेशमा सभामुख चयन प्रक्रिया पूरा हुन सकेन। बिहीबार भएको मतदानमा सत्ता गठबन्धन र विपक्षी तर्फबाट मनोनयन भएका दुबै प्रस्तावलाई बहुमत जुटेन। बुहमत पाउन नसकेपछि प्रक्रिया शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।  सुदूरपश्चिममा सभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट मानबहादुर रावल र सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी) का तर्फबाट भीम भण्डारीले मनोनयन दर्ता गरेका…

    विस्तृतमा पढ्नुस्

  • पश्चिम सेती बनाउने भारतीय कम्पनी भरपर्दो छ, ठग्ने कम्पनी हैन : प्रधानमन्त्री देउवा

    पश्चिम सेती बनाउने भारतीय कम्पनी भरपर्दो छ, ठग्ने कम्पनी हैन : प्रधानमन्त्री देउवा

    कैलाली : प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती आयोजनाले अब गति पाउने बताएका छन्। बिहीवार कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन्। उनले अब पञ्चेश्वर पनि अघि बढ्ने बताए। निर्वाचनको पूर्व सन्ध्यामा सुदूरपश्चिमका हरेक चुनावी सभालाई सम्बोधन गर्दा बाँडेको आश्वासन देउवाले धनगढी पुगेर पनि दोहर्‍याएका हुन्। ‘भारतका प्रधानमन्त्रीले पञ्चेश्वरको विकासका लागि पनि चासो राख्नुभएको छ,’ देउवाले भने, ‘पञ्चेश्वरको…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा भीम रावल फ्याक्टरको असर: ११ क्षेत्र फैलिएको एमाले २ मा खुम्चियो

    सुदूरपश्चिममा भीम रावल फ्याक्टरको असर: ११ क्षेत्र फैलिएको एमाले २ मा खुम्चियो

    कैलालीः सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा तर्फ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का लागि परिणाम खल्लो बन्यो। गठबन्धन गरेर पनि ४ ठाउँ जित देखेको माओवादी केन्द्र चारै ठाउँ पराजित हुनुर्‍यो । माओवादी मात्र हैन त्योभन्दा बढी खल्लो यहाँ नेकपा (एमाले) का लागि भयो। गठबन्धनका दलसँग प्रतिस्पर्धा गरेर पनि आधा दर्जन क्षेत्रमा जित निश्चित देखेको एमालेले २ क्षेत्रमा सीमित हुनु परेको छ।…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धन हुँदा पनि सुदूरपश्चिममा बढारियो माओवादीः प्रदेशमा के छ स्थिति?

    गठबन्धन हुँदा पनि सुदूरपश्चिममा बढारियो माओवादीः प्रदेशमा के छ स्थिति?

    कैलालीः प्रतिनिधि सभामा ३२ सिट रहेको सुदूरपश्चिममा बाजुरा बाहेकका जिल्लामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचनमा सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नेकपा (माओवादी केन्द्र) ले नमिठो हार बेहोरेको छ। गठबन्धनको आडमा प्रदेशका ४ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पूर्व सांसदलाई उम्मेदवार बनाएको माओवादीले कुनै पनि क्षेत्रमा जित निकाल्न नसकेको हो। बैतडी, कञ्चनपुर १ र कैलाली २ र ३ मा माओवादीका उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • एमालेको गढबाटै खोल्यो समाजवादीले खाता, २३ वर्षपछि भीम रावलको क्षेत्रमा एमाले पराजित

    एमालेको गढबाटै खोल्यो समाजवादीले खाता, २३ वर्षपछि भीम रावलको क्षेत्रमा एमाले पराजित

    कैलाली : अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर विजयी भएका छन्। दुई वटा निर्वाचन क्षेत्र रहेको अछामको यो क्षेत्र भीम रावलको क्षेत्र हो। यहाँ विगत १५ वर्ष यता एमालेको एकलौटी जित हुँदै आएको थियो। यो क्षेत्रमा २०४८ र २०५६ मा दुई पटक पराजित बनेका रावल त्यसबाहेक ४ निर्वाचनमा विजयी बनेका थिए। २०४८ मा पराजित बनेपछि…

    विस्तृतमा पढ्नुस्

  • कैलाली ४ मा सुदूरपश्चिमका दुई ‘हेभिवेट’को संसद् छिर्न चौथो परीक्षा, को होला उत्तीर्ण?

    कैलाली ४ मा सुदूरपश्चिमका दुई ‘हेभिवेट’को संसद् छिर्न चौथो परीक्षा, को होला उत्तीर्ण?

    कैलाली : नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति तथा पूर्व मन्त्री वीरबहादुर बलायर र नेकपा (एमाले)का सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट दुवैको पुर्ख्यौली घर डोटी हो। सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने यी दुई उम्मेदवारको एक अर्कासँग पहिलो चुनावी प्रतिस्पर्धाले कैलालीको ४ नम्बर निर्वाचन क्षेत्र अहिले चर्चामा छ। दुवैको एक-अर्काविरुद्ध पहिलो तथा व्यक्तिगत जीवनमा संघीय संसद् छिर्न यो चौथो परीक्षा हो। डोटीबाट…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा शीर्ष नेताको शक्ति प्रदर्शन : देउवाले बसपार्कमा सम्बोधन गर्दै, ओलीका लागि तयार गरिँदै खुलामञ्च

    सुदूरपश्चिममा शीर्ष नेताको शक्ति प्रदर्शन : देउवाले बसपार्कमा सम्बोधन गर्दै, ओलीका लागि तयार गरिँदै खुलामञ्च

    कैलाली : आजबाट दल र उम्मेदवारहरुले जुलुस र आमसभा गर्न पाउने भएसँगै दलहरू शक्ति प्रदर्शनमा केन्द्रित हुन थालेका छन्। जसका लागि शीर्ष नेताहरूको सुदूरपश्चिम दौड सुरु भएको छ। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुगिसकेका छन्। मनोनयन दर्ताको दिन समेत गृह जिल्ला नपुगेका देउवा अहिले भने शक्ति प्रदर्शनका लागि यहाँ आइपुगेका हुन्। बुधवार सुदूरपश्चिम पुगेका देउवाले बिहीबार डडेल्धुरामा आयोजना हुने वाम लोकतान्त्रिक…

    विस्तृतमा पढ्नुस्

  • आरजुले जित नदेखेको कैलाली ५ मा गठबन्धन बोकेको कांग्रेस जित्ला कि हार्ला? कि दोहोरिएलान राना?

    आरजुले जित नदेखेको कैलाली ५ मा गठबन्धन बोकेको कांग्रेस जित्ला कि हार्ला? कि दोहोरिएलान राना?

    कैलाली : २०७४ सालको निर्वाचनमा कैलाली ५ डा. आरजु राणा देउवाका लागि सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र थियो। प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती राणाले रोज्न खोजेको सो क्षेत्रमा कांग्रेसको संस्थापन पक्ष बलियो छ भने देशभर उनलाई सिट नछाड्ने क्षेत्र त न होला। तथापि, उनले एकपटक देउवा नै विजयी भइसकेको क्षेत्र सुरक्षित ठानिन् र २०७४ सालमा कैलाली ५ रोजिन्। सजिलै निर्वाचन जित्ने र सांसद बन्ने…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा बन्द गराउँदै हिँडेका १५ जना पक्राउ, यस्तो रह्यो बन्दको प्रभाव

    सुदूरपश्चिममा बन्द गराउँदै हिँडेका १५ जना पक्राउ, यस्तो रह्यो बन्दको प्रभाव

    कैलाली : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले आह्वान गरेको आम हडतालका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित बन्यो। तराई भन्दा बन्दको प्रभाव पहाड पहाडी जिल्लाहरूमा बढी देखिएको छ। प्रदेश भरी नै बस टिकट काउन्टर बन्द अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। लामो तथा छोटो दूरीका सवारी साधन पूर्ण रूपमा चल्न सकेनन्। कैलाली र…

    विस्तृतमा पढ्नुस्

  • निर्मला हत्या प्रकरणको चार वर्ष : दुर्गादेवीको न्याय पाउने आशा हरायो, प्रहरी अहिले पनि डिएनएकै भरोसामा

    निर्मला हत्या प्रकरणको चार वर्ष : दुर्गादेवीको न्याय पाउने आशा हरायो, प्रहरी अहिले पनि डिएनएकै भरोसामा

    कञ्चनपुर : मंगलवार कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टा खामकी १३ बर्सिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पुगेको छ। २०७५ साल साउन १० गते हराएकी निर्मला ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन। घटनाको ४ वर्षसम्म पनि प्रहरीको अनुसन्धान कुहिरोको काग जस्तै बने पछि निर्मलाकी आमा दुर्गा देवी पन्तलाई न्याय पाइन्छ भन्ने विश्वास लाग्न छाडेको छ।…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा २८ दिनपछि फुक्यो बजेट विवादको गाँठो : सरकार र प्रतिपक्षीबिच १४ बुँदे सहमति

    सुदूरपश्चिममा २८ दिनपछि फुक्यो बजेट विवादको गाँठो : सरकार र प्रतिपक्षीबिच १४ बुँदे सहमति

    कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको २८ दिनपछि प्रदेशसभामा छलफलका लागि प्रवेश पाएको छ। सत्तापक्षकै केही सांसद र प्रतिपक्षीको अवरोधका कारण ७ पटक अवरुद्ध बनेको प्रदेशसभा बैठक बुधवार सञ्चालन भएको छ। सरकारले ल्याएको बजेटलाई लिएर सुदूरपश्चिममा प्रतिपक्षी दल तथा सत्तापक्षकै केही सांसदले संशोधन नभएसम्म पारित हुन नदिने अडान लिएका थिए। प्रतिपक्षी दलले संसद्मै उपस्थिति नजनाउँदा पछिल्ला…

    विस्तृतमा पढ्नुस्

  • बुधवार रातिको वर्षाले धनगढीको ३ नम्बर वडा डुबानमा

    बुधवार रातिको वर्षाले धनगढीको ३ नम्बर वडा डुबानमा

    कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को मित्रनगर बुधवार रातिको अविरल वर्षापछि डुबानमा परेको छ। मंगलवार राति पानी परे पनि बुधवार दिउँसो घाम लागेको धनगढीमा बुधवार राति पुनः पानी परेपछि धनगढी-३ मा रहेको मित्रनगर र विद्युत् कार्यालय आसपासको क्षेत्र डुबानमा परेको स्थानीय बलबहादुर ऐरले बताए। मित्रनगर आसपासका क्षेत्र डुबानमा परेपछि आवतजावतमा  समस्या भएको छ। यता, विद्युत् प्राधिकरणको धनगढी…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम सरकारको बजेटः स्वास्थ्य विज्ञान प्रतिष्ठानको घोषणा, सडक र खानेपानीलाई प्राथमिकतामा

    सुदूरपश्चिम सरकारको बजेटः स्वास्थ्य विज्ञान प्रतिष्ठानको घोषणा, सडक र खानेपानीलाई प्राथमिकतामा

    कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले बुधबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्। मन्त्री रावलले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। १२ अर्ब २९ करोड ५९ लाख रुपैयाँ चालुतर्फ र २४ अर्ब १४ करोड ४७ लाख रुपैयाँ पुँजीगततर्फ विनियोजन…

    विस्तृतमा पढ्नुस्

  • कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी : विद्यालय धमाधम बन्द गरिँदै

    कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी : विद्यालय धमाधम बन्द गरिँदै

    कैलाली : सुदूरपश्चिमको तराइका जिल्ला कैलाली र कञ्चनपुरमा गर्मी बढेपछि जनजीवन प्रभावित भएको छ। गर्मी बढेसँगै विद्यालय पनि धमाधम बन्द गर्ने क्रम चलेको छ। दुई जिल्लाका आधा दर्जन बढी स्थानीय तहहरूले विद्यालय बन्द गरेका छन्। गर्मीका कारण विद्यार्थी बिरामी हुने गरेको भन्दै स्थानीय तहहरूले मातहतका विद्यालयहरू केही दिनका लागि बन्द गरेका हुन्। कैलालीको गोदावरी नगरपालिकाका विद्यालय बिहीबारदेखि बन्द गरिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • दलीय आडविना नै अत्याधिक मतको जगमा उभिएका गोपाल जसले चुनौतीभन्दा अवसरमात्र देखेको छ सामुन्ने

    दलीय आडविना नै अत्याधिक मतको जगमा उभिएका गोपाल जसले चुनौतीभन्दा अवसरमात्र देखेको छ सामुन्ने

    कैलाली : स्वतन्त्रबाट उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्दा २०७४ को स्थानीय तह निर्वाचनमा पराजय बेहोरेपछि रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझामा प्रवेश गरेका गोपाल हमाल उक्त पार्टीको सुदूरपश्चिम संयोजक नै भए। तर, भर्खरै सम्पन्न निर्वाचन नजिकिँदा फेरि मेयरमा उम्मेदवारी दिँदा उनले विवेकशील साझा छाडिसकेका थिए। स्वतन्त्रबाट लड्ने लक्ष्य लिएर र राजनीतिक दलबाट दिए राजीनामा। विवेकशीलकै छातामुनि बसेर निर्वाचनमा जित निकालेको भए रवीन्द्र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell