कैलाली : नेपाली कांग्रेसको सुदूरपश्चिम कार्यसमिति चयनको प्रक्रिया जारी छ। सोही कार्यका लागि शनिबार दिउँसो धनगढीस्थित निर्माण व्यवसायी संघको सभा हलभित्र मतदान चलिरहँदा बाहिर भने फरक दृश्यले प्रतिनिधिको ध्यान तान्यो। वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीसहितका कलाकार समेत सहभागी रहेको अधिवेशनमा हलभित्र मतदान चलिरहँदा बाहिर देउडीयाहरूको देउडामा अधिकांश प्रतिनिधिको ध्यान केन्द्रित भयो। प्रतिनिधिहरूले देउडामार्फत नेपालका कम्युनिस्ट पार्टीमाथि व्यङ्ग्य तथा नेपाली कांग्रेस पार्टीलाई…
धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश नेतृत्व चयनका लागि मतदान शुरु भएको छ। केही बेर अघिबाट धनगढीस्थित निर्माण व्यवसायी संघको हलमा मतदान शुरु भएको हो। ९ जिल्ला र ३२ प्रदेश सभा निर्वाचन क्षेत्रबाट १ हजार १७ प्रतिनिधि काँग्रेसको प्रदेश कार्यसमिति चयनका लागि भइरहेको मतदानमा सहभागी रहेको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक नृप सुनारले बताए। प्रदेश कार्यसमितिको ५६ पदका लागि १ सय…
धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश नेतृत्व चयनका लागि मतदान शुरु भएको छ। केही बेर अघिबाट धनगढीस्थित निर्माण व्यवसायी संघको हलमा मतदान शुरु भएको हो। मतदानका लागि संघको हल बाहिर मतदाता खचाखच भरिएका छन्। काँग्रेसको प्रदेश कार्यसमिति चयनका लागि संस्थापन पक्षबाट सभापतिमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर चुनावी मैदानमा छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रले उम्मेद्वारी दिएका…
कैलालीः नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन बिहीबारबाट कैलालीको धनगढीमा सुरु भएको छ। अधिवेशनमा प्रदेशका ९ जिल्ला तथा ३२ प्रदेश सभा निर्वाचन क्षेत्रबाट ९८७ प्रतिनिधि सहभागी भएका अधिवेशन मूल व्यवस्थापन समितिका संयोजक तथा कैलाली कांग्रेस सभापति नरनारायण शाह (मनुले) जानकारी दिए। अधिवेशन उद्घाटन कार्यक्रमसँगै चुनावी प्रक्रिया अघि बढेको व्यवस्थापन समितिले जनाएको छ। बिहीबार बिहान ९ बजेदेखि केन्द्रीय कार्यसमितिले तयार गरेको कार्यतालिका…
कैलाली : नेपाली कांग्रेस बाजुराको सभापतिमा रामसिंह रावल विजयी भएका छन्। निवर्तमान पार्टी सभापति कविराज पण्डितलाई ३९ मतले पराजित गर्दै रावल विजयी भएका हुन्। दोस्रो चरणमा भएको मतदानमा खसेका १ हजार १ सय ८२ मतमध्ये रावलले ६ सय ५ र पण्डितले ५ सय ६६ मत ल्याएका निर्वाचन समिति बाजुराले जनाएको छ। पहिलो चरणमा कुनै पनि उम्मेद्वारको ५१ प्रतिशत मत नपुगेपछि…
कैलाली : क्रियाशील सदस्यता विवादले वडा अधिवेशन अनिश्चित बनिरहेको डडेल्धुरामा नेपाली कांग्रेसको विवाद थप चर्किँदै गएको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्ष र जिल्ला सभापति कर्ण मल्ल पक्षले आ-आफ्नै अडान राख्न थालेपछि जिल्लामा विवाद पेचिलो बनेको हो। जिल्ला सभापति कर्ण मल्ल देउवाका अघि विगत दुई कार्यकालदेखि जिल्लामा चुनौतीका रूपमा उभिएका छन्। उनी देउवाले इच्छाएका पात्र नभए पनि जिल्ला सभापतिमा २…
कैलाली : सुदूरपश्चिम प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लाग्ने सांसदको संख्या १३ पुगेको छ। मंगलवार १० र आइतवार ३ गरी १३ सांसदले उक्त दलमा सनाखत गरेका छन्। आइतवार भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र सांसद तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेसँगै उक्त दलमा १३ सांसद…
कैलाली: कुनै समय आ-आफ्नो दलभित्र सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा एकछत्र राज गर्ने नेतामध्ये थिए -डा. भीम रावल र लेखराज भट्ट। तर, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) विभाजनपछि भने दुवै नेता कमजोर बन्दै गएका छन्। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा हुने सर्वोच्च अदालतको फैसलापछि माओवादी छाडेर एमाले रोजेका भट्टसँग प्रदेश सभामा एक सांसद मात्रै देखिए। कर्णाली प्रदेशका…
कैलाली : निरन्तरको वर्षापछि दार्चुलाका विभिन्न क्षेत्रमा आइतवार राति आएको बाढी पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका-१ बास पालिकामा नरसिंह महर र उनकी श्रीमती कौशिल्या महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले पुरिएर उनीहरूको मृत्यु…
कैलाली : कैलालीमा लगातारको वर्षापछि आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने सय भन्दा बढी घर डुबानमा परेका छन्। जिल्लाको लम्किचुहा नगरपालिका-६ चरेलास्थित गुलरा नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको हो। बिहीवार साँझ लुगा धुँदै गरेकी थारुलाई अचानक खोलामा आएको बाढीले बगाएर बेपत्ता पारेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक…
कैलाली : आजकै दिन हो कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको ज्यान गुमेको। ६ वर्ष अघिको त्यो त्रासदीपूर्ण घटना त्यत्तिकै समाप्त भएको छैन, त्यसको असर र प्रभाव अहिले पनि जारी छ। २०७२ भदौ ७ गते थरुहटको आन्दोलन चर्किँदा भएको विरोध प्रदर्शन एकाएक हिंसात्मक बनेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो, असाध्यै…
कैलाली : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा फर्केपछि सुदूरपश्चिममा बलियो बनेका माधव नेपाल नयाँ दल दर्तापछि फेरि अल्पमतमा झरेका छन्। नेकपा एमाले समाजवादी गठन प्रक्रिया अगाडि बढेपछि सुदूरपश्चिमबाट उक्त दलको केन्द्रीय सदस्यमा ७ जनाको नाम समावेश छ। जसमा प्रदेश तर्फका २ जना सांसदमात्रै रहेका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र पूर्व उद्योग, पर्यटन, बन तथा वातावरण…
कैलाली : वर्षा ऋतुको बिदाइ यसको सङ्कट मोचनको खुसीयाली स्वरूप आज सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ। भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर सुदूरपश्चिममा हर्षोल्लासका साथ यो पर्व मनाइँदै आएको छ। ‘ओल्को’ भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठुला, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको…
कैलाली : भौतिक पूर्वाधार विकास मन्त्रालयको सभा हलमा सुदूरपश्चिम सरकारको वार्षिक समीक्षा नामक कार्यक्रम चलिरहेको छ। तर, ढोकामा पत्रकारलाई सोधपुछ गर्ने र फोटो मात्रै खिचेर बाहिर जानुस् भन्ने काम गर्न ४ जना कर्मचारी खटाइएको छ। साढे ११ बजेको कार्यक्रमबारे सुदुरपश्चिम सरकारले ११ बजे जानकारी गरायो। जानकारी मात्रै, निमन्त्रणा थिएन। यद्यपि, प्रगति समीक्षा भनेको प्रगति विवरण सार्वजनिक र आगामी रणनीति तथा त्यसका लागि…
महेन्द्रनगर : दिनरात आवतजावत गर्ने घर नजिकैको सडकसँग जोडिएको खोल्सोमा जब पानी भरिएर आउँछ, दुर्गा देवीको मन पनि त्यसैत्यसै भरिन्छ। बोटविरूवाले झ्याम्म छोपिएको खोल्साको दृश्य देख्दा उनी अन्धकार महसुस गर्छिन्। यो साउन महिना दुर्गादेवी सम्झनै चाहन्नन्। त्यो साउनको झरी उनका लागि पीडाको यादमात्र बोकेर आइरहन्छ। २०७५ साल साउन १० गते दिउँसोदेखि नै पानी परिरहेको थियो। खेतमा पानी टिलपिल। खोल्साहरु सबै…
कैलाली : कैलालीको मोहना नदीमा पानीको सतह बढे पछि ३० घर डुबानमा परेका छन् भने साढे ४ सय घर जोखिममा परेका छन्। मोहना नदीले बिहीबार बिहानबाट खतराको तह पार गर्दा धनगढी उपमहानगरपालिकाको १३ नम्बर वडाका मोहनपुर र श्रीलङ्काका ३० घर डुबानमा परेका हुन्। मोहनपुर र श्रीलङ्कालाई धनगढी अत्तरिया जोड्ने राजमार्गसँग जोडिएको शाखा सडकको तह मोहनाले पार गरेपछि साढे ४ सय…
कैलाली: नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै जिल्ला-जिल्लामा नेतृत्वको दौड सुरु भएको छ। केन्द्रीय महाधिवेशनअघि सबैभन्दा चासोपूर्वक हेरिने अधिवेशन हो जिल्ला अधिवेशन। त्यसमा पनि पार्टीका शीर्ष नेताहरुको गृह जिल्लालाई धेरैले चासोपूर्वक हेर्ने गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा के हुन्छ? धेरैको ध्यान केन्द्रित छ। आ-आफ्नै खेल देउवाको गृह जिल्ला डडेलधुरामा उनको इच्छा विपरीतका पात्र कर्ण मल्लले विगत दुई कार्यकाल…
कैलालीः सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत् अवस्थामै फर्काइदिएपछि सुरु भएको एमालेको गुटगत किचलो सुदूरपश्चिममा थप जटिल बन्दै गएको छ। केन्द्रमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग रहेको बहुमतजस्तै सुदूरपश्चिममा वरिष्ठ नेता माधव नेपाल समूह बहुमतमा छ। तर पार्टी केन्द्रको हौसलाले ओली समूहले कारबाहीको डन्डा चलाउँदै आएको छ। माधव समूह पनि इतर पक्षलाई कारबाही…
कैलाली : सरकारले आगामी आर्थिक वर्षका लागि कानुन संशोधन गरेर अध्यादेश मार्फत् बजेट ल्याएपछि यहाँको राजनीति तातेको छ। गैर संवैधानिक तवरबाट बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सदन नै अवरुद्ध पार्नेसम्मको गतिविधि भएको छ। बुधवार बैठक सुरु भए लगत्तै प्रतिपक्षीका १४ जना सांसदले उठेर विरोध जनाएका थिए। सभामुख अर्जुन बहादुर थापाले प्रतिपक्षीको प्रतिनिधित्व गर्दै…
कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको अनुमानित बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले चालु आव भन्दा ३ अर्ब आकार घटाएर बजेट प्रस्तुत गरेका हुन्। जसमा चालुतर्फ ३५ प्रतिशत अर्थात् १० अर्ब ६६ करोड ९ लाख ३ हजार र पूँजीगततर्फ ५८…