A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.697ceb6d22a631.27979242): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.697ceb6d22a631.27979242,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सुदूरपश्चिममा कांग्रेस अधिवेशनः सभापतिमा संस्थापनकै ५ जनाको दाबी, पूर्वमन्त्री बलायरको पनि इन्ट्री
PahiloPost

Jan 30, 2026 | १७ माघ २०८२

सुदूरपश्चिममा कांग्रेस अधिवेशनः सभापतिमा संस्थापनकै ५ जनाको दाबी, पूर्वमन्त्री बलायरको पनि इन्ट्री



एम बम

सुदूरपश्चिममा कांग्रेस अधिवेशनः सभापतिमा संस्थापनकै ५ जनाको दाबी, पूर्वमन्त्री बलायरको पनि इन्ट्री

कैलालीः नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन बिहीबारबाट कैलालीको धनगढीमा सुरु भएको छ। अधिवेशनमा प्रदेशका ९ जिल्ला तथा ३२ प्रदेश सभा निर्वाचन क्षेत्रबाट ९८७ प्रतिनिधि सहभागी भएका अधिवेशन मूल व्यवस्थापन समितिका संयोजक तथा कैलाली कांग्रेस सभापति नरनारायण शाह (मनुले) जानकारी दिए।

अधिवेशन उद्घाटन कार्यक्रमसँगै चुनावी प्रक्रिया अघि बढेको व्यवस्थापन समितिले जनाएको छ। बिहीबार बिहान ९ बजेदेखि केन्द्रीय कार्यसमितिले तयार गरेको कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन गरिएको छ।

शुक्रबार मनोनयन र शनिबार मतदान गर्ने तालिका छ। कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति पदाधिकारीसहित ५१ सदस्यीय हुने छ।

सभापतिमा संस्थापनकै ५ उम्मेद्वार

प्रदेश सभापतिका लागि सुदूरपश्चिम प्रदेशमा संस्थापन पक्षभित्रै रस्साकस्सी चलिरहेको छ। अहिलेसम्म कैलाली जिल्ला सभापति नरनारायण शाह (मनु), नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा डोटीबाट विजयी महाधिवेशन प्रतिनिधि पुष्प शाही, पूर्व परराष्ट्र राज्यमन्त्री तथा बझाङका कांग्रेस नेता अर्जुनजंगबहादुर सिंह, पूर्व सञ्चार राज्यमन्त्री तथा अछामका कांग्रेस नेता गोविन्दबहादुर शाह र कैलालीका हिमबहादुर रावलको प्रदेश सभापतिमा दाबी छ। तर बिहीबारबाट भने त्यसमा पूर्वमन्त्री वीरबहादुर बलायरको चर्चा पनि सुरु भएको छ। उनले आफू भने दाबी पेस गरेका छैनन्।

संस्थापन पक्षका आकाङ्क्षीहरूका बीचमा प्रतिस्पर्धा हुने देखिएपछि वीरबहादुर बलायरलाई सर्वसम्मत रूपमा नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापति बनाउने प्रयास थालिएको हो।

‘उहाँले आफू सभापति बन्ने भनेर दाबी गर्नु भएको त छैन,’ काँग्रेसका एक नेताले भने, ‘तर सर्वसम्मत नेतृत्व चयन हुने भएको खण्डमा भने सभापतिमा आकाङ्क्षा राख्नु भएको छ। अन्यथा केन्द्रीय सदस्य भइसकेको नेताले प्रतिस्पर्धामा हार बेहोर्ने गरी अघि नबढ्ने अवस्था देखिन्छ।’

सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि कांग्रेस केन्द्रले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकेर खटाएको छ। बडुसहित रमेश लेखक र एनपी साउद लगायतका कांग्रेसका नेताहरूका बीच सर्वसम्मत उम्मेदवारका रूपमा बलायरलाई अघि सार्ने विषयमा छलफल समेत भइसकेको एक नेताले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell