PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

बाजुरामा कांग्रेस अधिवेशन : देउवा पक्षका पण्डितलाई पराजित गर्दै रावल विजयी



एम बम

बाजुरामा कांग्रेस अधिवेशन : देउवा पक्षका पण्डितलाई पराजित गर्दै रावल विजयी

कैलाली : नेपाली कांग्रेस बाजुराको सभापतिमा रामसिंह रावल विजयी भएका छन्। निवर्तमान पार्टी सभापति कविराज पण्डितलाई ३९ मतले पराजित गर्दै रावल विजयी भएका हुन्। दोस्रो चरणमा भएको मतदानमा खसेका १ हजार १ सय ८२ मतमध्ये रावलले ६ सय ५ र पण्डितले ५ सय ६६ मत ल्याएका निर्वाचन समिति बाजुराले जनाएको छ।

पहिलो चरणमा कुनै पनि उम्मेद्वारको ५१ प्रतिशत मत नपुगेपछि दोस्रो चरणको मतदानबाट रावलले सभापतिमा बाजी मारेका हुन्। १ हजार १ सय ८२ मत मध्य १ हजार १ सय ७१ मत सदर र ११ मत बदर भएका थिए। रामसिंह रावलले ३९ मत बढी ल्याएर विजयी भएका छन्। रावलको जितसँगै जिल्लामा पौडेल–सिटौला प्यानलले अधिकांश पदमा कब्जा जमाएको छ। पहिलो चरणको मतदानबाट बाहिरिएका चक्र शाहले रावल प्यानललाई सघाएपछि बाजुरामा संस्थापन इतरले सभापतिमा बाजी मारेको हो।

त्यसै गरी उपसभापतिमा नारायण उपाध्याय, पदम बडूवाल, सचिवमा तिलकराज पुरी, भरत बहादुर रोकाया, सह सचिवमा कृष्णराज उपाध्याय र सुरेन्द्र बहादुर सिंह विजयी भएका छन्। सहसचिव सिंह देउवा पक्षबाट चुनावी मैदानमा थिए। योसँगै १२ हिमाली जिल्लामा कांग्रेसले नयाँ नेतृत्व पाएको छ।

मुगु कांग्रेस सभापतिमा ऐनबहादुर शाही विजयी

१० हिमाली जिल्लामा कांग्रेसको नेतृत्व चयन : ६ मा पौडेल पक्षको जित, ३ जिल्ला मात्र देउवाको पक्षमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell