PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • मलेसिया पठाउने प्रधानमन्त्री पत्नी आरजुको खेर गयो 'अफर', धनगढीमा ढाकिएन कांग्रेसको लाज

    मलेसिया पठाउने प्रधानमन्त्री पत्नी आरजुको खेर गयो 'अफर', धनगढीमा ढाकिएन कांग्रेसको लाज

    कैलाली : ‘आ-आफ्ना मान्छेलाई टिकट दिएर 'पावर सो' गर्ने प्रवृत्तिका कारण मेयर र वडा अध्यक्षसमेत अप्ठ्यारोमा पर्ने र वडामा मिश्रित परिणाम आउने खतरा देखिरा'छु,’ धनगढी उपमहानगरमा कांग्रेसबाट मेयर आंकक्षी कृष्णबहादुर महराले करिब एक महिनाअघि सामाजिक सञ्जालमा लेखेका थिए। महरा धनगढीमा मेयरका लागि बलिया पात्रका रूपमा हेरिएको थियो। नृप वडसँगै २०७४ र यस पटकको स्थानीय तहको निर्वाचनमा टिकट पाउने सूचीमा महराको…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा गठबन्धनका वडलाई करिब दोब्बर मतान्तरले हराए स्वतन्त्र गोपाल हमालले, अघिल्लो निर्वाचनको यस्तो थियो 'रेकर्ड'

    धनगढीमा गठबन्धनका वडलाई करिब दोब्बर मतान्तरले हराए स्वतन्त्र गोपाल हमालले, अघिल्लो निर्वाचनको यस्तो थियो 'रेकर्ड'

    कैलाली : कैलालीको धनगढीमा गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना विजयी भएकी छन्। हमाल २६ हजार ८ सय ६५ मत ल्याएर मेयरमा विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको भाग पाएका नेपाली कांग्रेसका उम्मेदवार तथा निवर्तमान मेयर नृप वडले १४ हजार ८ सय १७ मत पाए। गठबन्धनका उम्मेदवार र स्वतन्त्र…

    विस्तृतमा पढ्नुस्

  • जेल भित्रैबाट रेशम चौधरीको परिकल्पना पूरा : पाँच महिनाअघि मात्रै जन्मिएको दल, जिल्लाकै पहिलो बनेर उदायो

    जेल भित्रैबाट रेशम चौधरीको परिकल्पना पूरा : पाँच महिनाअघि मात्रै जन्मिएको दल, जिल्लाकै पहिलो बनेर उदायो

    कैलाली : कुनै बेला यस्तो थियो - टीकापुर बजारमा एक्लै निस्कने हिम्मत गर्दैन थिए यहाँका रैथाने थारुहरु। सन्दर्भ हो २०७२ सालको। प्रदेश सीमाङ्कनको विषयले केन्द्रको राजनीति तातिरहँदा सुदूरको कैलाली सबैभन्दा प्रभावित क्षेत्र बन्यो। अखण्ड पक्षधर र थारुबिचको द्वन्द्वसँगै अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपाने र एक काखे बालकसहित ८ जना मारिए, साउनको आखिरी साता। त्यही प्रकरणले गाउँमा रहेका युवा कि पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • खेर गयो देउवाको चेतावनी : कारबाहीमा परेका राजसमझ कैलारीको अध्यक्षमा निर्वाचित, गठबन्धनको भाग पाएको माओवादी 'क्लिन स्विप'

    खेर गयो देउवाको चेतावनी : कारबाहीमा परेका राजसमझ कैलारीको अध्यक्षमा निर्वाचित, गठबन्धनको भाग पाएको माओवादी 'क्लिन स्विप'

    कैलाली : कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनबाट कारबाहीमा परेका कांग्रेसका उम्मेदवार विजयी भएका छन्। गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रको भागमा परेको भन्दै कारबाहीमा परेका कांग्रेसका राजसमझ चौधरी गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनले गठबन्धनका आधिकारिक उम्मेदवार माओवादीका लाजुराम चौधरीलाई पराजित गरेका हुन्। राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरे।…

    विस्तृतमा पढ्नुस्

  • अन्तिम समयमा गठबन्धन टुटाएको कांग्रेसलाई डोटीमा फलिफाप, ९ मध्ये ७ पालिकामा विजयी

    अन्तिम समयमा गठबन्धन टुटाएको कांग्रेसलाई डोटीमा फलिफाप, ९ मध्ये ७ पालिकामा विजयी

    कैलाली : मनोनयन दर्ताकै दिन पाँच दलीय गठबन्धनको निर्णय विपरीत डोटीमा एकल प्रतिस्पर्धा गर्ने निर्णय गरेको नेपाली कांग्रेसले ७ स्थानीय तहमा जित निकालेको छ। जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकामध्ये २ नगरपालिका र ५ गाउँपालिकामा कांग्रेस विजयी भएको हो। जिल्लाको मुकाममा रहेको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी भएको छ। २०५४ र २०७४ मा नेकपा (एमाले)ले जितेको उक्त नगरपालिकामा…

    विस्तृतमा पढ्नुस्

  • कैलालीबाट डोटी जाँदै गरेको बस डोटीमा दुर्घटना

    कैलालीबाट डोटी जाँदै गरेको बस डोटीमा दुर्घटना

    कैलाली: कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिँदै गरेको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा गठबन्धनको झमेला, देउवाको गृह जिल्लामा एमालेसँग तालमेल गर्दै मल्ल पक्ष

    सुदूरपश्चिममा गठबन्धनको झमेला, देउवाको गृह जिल्लामा एमालेसँग तालमेल गर्दै मल्ल पक्ष

    कैलाली : आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अन्तिम दिनसम्म पनि सुदूरपश्चिममा गठबन्धनका दलहरू भागबन्डाको रस्साकस्सीमै रुमलिएका छन्। डोटी र कञ्चनपुरमा गठबन्धनभित्र सहमति जुट्न नसक्दा नेपाली कांग्रेस बाहिरिएको छ। ती दुई जिल्लामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चाबिच मात्रै तालमेल हुने भएको छ। डोटीमा हिजो नेपाली कांग्रेससहित गठबन्धनका सबै दलबिच तालमेलको खाका बने पनि त्यसमा सहमति…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस बझाङ जिल्ला सभापति सवार जिप दुर्घटना : एक जनाको मृत्यु, ८ जना घाइते

    कांग्रेस बझाङ जिल्ला सभापति सवार जिप दुर्घटना : एक जनाको मृत्यु, ८ जना घाइते

    कैलाली : बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर ४ स्थित देउलेख बजार नजिकै जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। जिपमा सपरिवारसहित नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा सवार थिए। उनका जेठा छोरा विनोद बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। बझाङको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले ती चारै जनालाई समात्यो जसले आफ्नै साथीको टाउको छिनाएर जंगलमै रातभर लागू औषध सेवन गरिरहे…

    प्रहरीले ती चारै जनालाई समात्यो जसले आफ्नै साथीको टाउको छिनाएर जंगलमै रातभर लागू औषध सेवन गरिरहे…

    कैलाली : कैलालीको जानकी गाउँपालिकाका अर्जुन दासको हत्याका अभियुक्तहरुलाई प्रहरीले नेपाल भारत सीमाबाट पक्रेको छ। गत पुस ३ गते जानकी गाउँपालिका वडा नं ९ स्थित अमरावती सामुदायिक वनमा २५ वर्षीय अर्जुन दासको हत्या गरिएको थियो। घटनाको ४ महिनापछि महानगरीय अपराध महाशाखाको टोलीले हत्याका मुख्य आरोपी सहित ४ जनालाई पक्राउ गरेको हो। महाशाखाका अनुसार मोबाइल चोरी गरेको आरोपमा दासलाई उनकै साथीले…

    विस्तृतमा पढ्नुस्

  • डोटीमा जीप दुर्घटनाः दुईको मृत्यु, ५ जना घाइते

    डोटीमा जीप दुर्घटनाः दुईको मृत्यु, ५ जना घाइते

    कैलालीः डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। जिल्लाको पूर्वी चौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरा गाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक र घाइतेको सनाखत भने हुन सकेको छैन। जीप के कति कारणले दुर्घटना भएको हो भन्नेबारे पनि…

    विस्तृतमा पढ्नुस्

  • झन्डै एक दशकपछि धनगढीको फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बाटो खुल्यो

    झन्डै एक दशकपछि धनगढीको फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बाटो खुल्यो

    कैलालीः झन्डै एक दशकअघि धनगढीमा सुरु भएको एसपीए कप पछि गएर धनगढी प्रिमियर लिग बन्यो। देशकै ठूलोमध्येको एक व्यावसायिक क्रिकेट प्रतियोगिताले सुदूरपश्चिममा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउनुपर्छ भन्ने हुटहुटी पनि चलायो। त्यसपछि धनगढी उपमहानगरपालिका ३ मा रंगशाला बनाउने अभियान थालियो। तर संघीय सरकारका नाममा रहेको उक्त जमिनको भोगाधिकार नपाएर परियोजना अलपत्र जस्तै बन्यो । पटक पटक स्थानीय र प्रदेश सरकारहरूले…

    विस्तृतमा पढ्नुस्

  • डोटीको बोगटान फुड्सिलमा दुई दशक यताकै भारी हिमपात, तारजाली ढलेपछि उड्न थाले कालिज

    डोटीको बोगटान फुड्सिलमा दुई दशक यताकै भारी हिमपात, तारजाली ढलेपछि उड्न थाले कालिज

    कैलाली : डोटीको बोगटान फुड्सिल गाउँपालिकामा दुई दशक यताकै भारी हिमपात भएको छ। त्यहाँ बिहीबार बिहानबाट बर्षा हुन सुरु भएको थियो भने दिउँसोबाट हिउँ पर्न सुरु भएको क्रम अझै रोकिएको छैन। उच्च लेकाली भेगमा ३ फिटसम्म हिउँ परेको र त्यसको फेदतिरका गाउँमा समेत दुई दशक पछि हिउँ परेको स्थानीयले बताएका छन्। भारी हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ। बोगटान फुड्सिल…

    विस्तृतमा पढ्नुस्

  • लीला विष्टको राष्ट्रिय सभा मतदान संयोग : पहिलो निर्वाचनमा छोरी, अहिले काखमा छोरो

    लीला विष्टको राष्ट्रिय सभा मतदान संयोग : पहिलो निर्वाचनमा छोरी, अहिले काखमा छोरो

    कैलाली : कोरोना संक्रमणको त्रासकै बिच आज राष्ट्रिय सभाको निर्वाचन जारी छ। सुदूर पश्चिम प्रदेशको धनगढीमा जारी राष्ट्रिय सभाको निर्वाचनमा मतदानका लागि निश्चित दुरी सहित लाइनको व्यवस्थापन गरिएको छ। प्रदेश र स्थानीय तह तर्फका गरी जनप्रतिनिधिका दुई निर्वाचन केन्द्रमा ४ लाइन बनाइएको छ। त्यसैमध्येको एक लाइनमा लामवद्ध थिइन् लीलाकुमारी विष्ट। काखमा ९ महिनाको छोरो बोकेर बैतडीबाट मतदान गर्न आएकी हुन्…

    विस्तृतमा पढ्नुस्

  • एक सय ६० रुपैयाँ पर्ने एप्रोन १ हजार ६० रुपैयाँमा किनियो : ४० लाख अनियमितता गरेको सार्वजनिक लेखा समितिको ठहर

    एक सय ६० रुपैयाँ पर्ने एप्रोन १ हजार ६० रुपैयाँमा किनियो : ४० लाख अनियमितता गरेको सार्वजनिक लेखा समितिको ठहर

    कैलाली : सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पशु चिकित्सकका लागि आवश्यक पर्ने एप्रोन खरिदमा झन्डै ४० लाख रकम भ्रष्टाचार गरेको सार्वजनिक लेखा समितिले ठहर गरेको छ। गत आर्थिक वर्षको बजेटबाट मन्त्रालयले ४ हजार ५ सय थान पशु चिकित्सकले प्रयोग गर्ने डिस्पोजल एप्रोन खरिद गरेको थियो। बजार मूल्य १ सय ६० रुपैयाँ पर्ने डिस्पोजल एप्रोन मन्त्रालयले १ हजार…

    विस्तृतमा पढ्नुस्

  • लागू औषध कारोबारीलाई समात्न गएका प्रहरी मोबाइल चोरेर फर्किए

    लागू औषध कारोबारीलाई समात्न गएका प्रहरी मोबाइल चोरेर फर्किए

    कैलाली : कैलालीमा प्रहरीले नै मोबाइल चोरी गरेका छन्। धनगढी उपमहानगरपालिकाको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा प्रहरीले मोबाइल चोरी गरेको सीसीटीभी क्यामराको भिडियो फुटेज सार्वजनिक भएको हो। उक्त मोबाइल पसलमा लागू औषधको कारोबार भइरहेको भन्दै प्रहरी खानतलासीका लागि पुगेको थियो। खानतलासी गर्दा लागू औषध र ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले मोबाइल समेत चोरी गरेको भिडियो बाहिरिएको हो। १ ग्राम…

    विस्तृतमा पढ्नुस्

  • जिल्लामा जुध्दा एनपी र लेखकसँग देउवा रुष्ट, गुमाए महामन्त्रीको टिकट

    जिल्लामा जुध्दा एनपी र लेखकसँग देउवा रुष्ट, गुमाए महामन्त्रीको टिकट

    कैलाली :  नेपाली कांग्रेसको प्रभावशाली पद मानिन्छ महामन्त्री। सभापतिपछिको यो पदमा चुनाव लड्ने चाहना धेरैको हुन्छ। शनिवार उम्मेद्वार मनोनयनअघि सम्म सभापति शेरबहादुर देउवा टिममा महामन्त्रीको उम्मेद्वार बन्न ठुलै रस्साकस्सी चल्यो। सुदूरपश्चिमका दुई नेता एनपी साउद र रमेश लेखकको पनि ठुलै चाहना थियो महामन्त्रीको टिकट लिने। टिम देउवाबाट महामन्त्रीको टिकट पाए चुनावी मत परिणाम पनि राम्रै आउने उनीहरुको अनुमान थियो। साउदले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँबाट हत्याको योजना बुनेर मोटरसाइकलमा कैलाली, बीभत्स हत्याको सिकार भए निर्दोष युवक

    काठमाडौँबाट हत्याको योजना बुनेर मोटरसाइकलमा कैलाली, बीभत्स हत्याको सिकार भए निर्दोष युवक

    कैलाली: झन्डै तीन महिनाअघि काठमाडौँको कालीमाटीमा कैलाली लम्कीका हिमाल शाहीमाथि खुकुरी प्रहार भयो। भाग्यवश शाही बच्न सफल भए। सामूहिक आक्रमणमा परेर पनि उनी बच्न सफल भएका थिए। घटना खुकुरी प्रहार गर्ने र भाग्ने समूहबाहेकलाई थाहा भएन। तर प्रहार गर्ने समूह त्यतिमा रोकिएन। झन्डै तीन महिनापछि कैलाली आएका उनलाई कैलालीमै पुगेर फेरि आक्रमण गर्ने योजना काठमाडौँमा बुनियो। त्यसका मुख्य पात्र हुन्…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा जीप दुर्घटनाः ५ जनाको मृत्यु, ६ जना घाइते

    बैतडीमा जीप दुर्घटनाः ५ जनाको मृत्यु, ६ जना घाइते

    कैलालीः बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।   जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार थली भन्ने ठाउँमा दुर्घटना हुँदा  ४ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएकी पाटन नगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा शेरबहादुर देउवा निकट बलायरको फराकिलो अग्रता, कसको मत कति? 

    सुदूरपश्चिममा शेरबहादुर देउवा निकट बलायरको फराकिलो अग्रता, कसको मत कति? 

    कैलालीः नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ। आधाभन्दा बढी मत गणना हुँदा संस्थापन पक्षका उम्मेद्वार वीरबहादुर बलायरको अग्रता फराकिलो छ।   कूल एक हजार ३ मत खसेकोमा ६०६ मत गनिएको छ। जसमा बलायरले ४१४ मत पाएका छन्। भने, प्रत्यासी नारायणदत्त मिश्रले १७३ मत पाएका छन्।     यस्तै, उपसभापतिमा गोपालसिंह गुरुङ १६९, जनकराज चौधरी…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा ५०५ मत गन्दा बलायरको अग्रता, कसको कति मत?

    सुदूरपश्चिममा ५०५ मत गन्दा बलायरको अग्रता, कसको कति मत?

    कैलाली : सुदूरपश्चिम प्रदेश कांग्रेस सभापतिमा संस्थापन समूहका वीरबहादुर बलायरले अग्रता कायम राखेका छन्। ५०५ मत गन्दा केन्द्रीय सदस्यसमेत रहेको उनको पक्षमा ३४२ मत खसेको छ। संस्थापन इतरका कैलालीका पूर्व सभापति नारायणदत्त मिश्रको पक्षमा १४९ मत खसेको छ। अन्य पदाधिकारीको पनि मतगणना जारी रहेको छ। उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह-महामन्त्रीमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell