PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कांग्रेस बझाङ जिल्ला सभापति सवार जिप दुर्घटना : एक जनाको मृत्यु, ८ जना घाइते



एम बम

कांग्रेस बझाङ जिल्ला सभापति सवार जिप दुर्घटना : एक जनाको मृत्यु, ८ जना घाइते
फाइल फोटो

कैलाली : बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर ४ स्थित देउलेख बजार नजिकै जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। जिपमा सपरिवारसहित नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा सवार थिए। उनका जेठा छोरा विनोद बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए।

बझाङको सुर्मा गाउँपालिकाबाट धनगढीका लागि छुटेको सुप प्र ०१–००१ च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना हुँदा अन्य ८ जना घाइते भएका उनले बताए। त्यसमध्ये एक जनाको अवस्था गम्भीर छ। जिपमा ३ महिला र चालकसहित ६ पुरुष गरी ९ जना सवार थिए। गम्भीर घाइते बोहराकी बुहारी अन्जु बोहराको खुट्टाको मासु च्यात्तिएकाले त्यहाँ थप उपचार हुन नसकेपछि धनगढी पठाइएको डिएसपी विष्टले बताए। अन्य ८ जना घाइतेको देउलेख अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell