PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सुदूरपश्चिममा शेरबहादुर देउवा निकट बलायरको फराकिलो अग्रता, कसको मत कति? 



एम बम

सुदूरपश्चिममा शेरबहादुर देउवा निकट बलायरको फराकिलो अग्रता, कसको मत कति? 

कैलालीः नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ। आधाभन्दा बढी मत गणना हुँदा संस्थापन पक्षका उम्मेद्वार वीरबहादुर बलायरको अग्रता फराकिलो छ।  

कूल एक हजार ३ मत खसेकोमा ६०६ मत गनिएको छ। जसमा बलायरले ४१४ मत पाएका छन्। भने, प्रत्यासी नारायणदत्त मिश्रले १७३ मत पाएका छन्।    

यस्तै, उपसभापतिमा गोपालसिंह गुरुङ १६९, जनकराज चौधरी ३७४, मनबहादुर रावल १५८, लोकराज अवस्थी ३२७ र हिमबहादुर रावलले ७२ मत पाएका छन्। 

महामन्त्रीमा नरनारायण शाहले ३८१, प्रताप गुर्धामी १२९, मेघराज खड्का ३९३ र रामबहादुर शाहीले १९८ मत पाएका छन्। 

सहमहामन्त्रीमा गोपालदत्त भट्टले ३३७, चिन्तामणि भट्ट ३२६, नरेन्द्रप्रसाद भट्ट १३७, पदमराज पन्त १४६ र लक्ष्मणबहादुर शाहीले ९८ मत पाएका छन्। 

सहमहामन्त्री महिलामा अम्बिकाकुमारी चलाउनेले ४१७ र खिना भण्डारीले १३८ मत पाएकी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell