PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

धनगढीमा गठबन्धनका वडलाई करिब दोब्बर मतान्तरले हराए स्वतन्त्र गोपाल हमालले, अघिल्लो निर्वाचनको यस्तो थियो 'रेकर्ड'



एम बम

धनगढीमा गठबन्धनका वडलाई करिब दोब्बर मतान्तरले हराए स्वतन्त्र गोपाल हमालले, अघिल्लो निर्वाचनको यस्तो थियो 'रेकर्ड'

कैलाली : कैलालीको धनगढीमा गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना विजयी भएकी छन्। हमाल २६ हजार ८ सय ६५ मत ल्याएर मेयरमा विजयी भए।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको भाग पाएका नेपाली कांग्रेसका उम्मेदवार तथा निवर्तमान मेयर नृप वडले १४ हजार ८ सय १७ मत पाए। गठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारको यो १२ हजार ४८ को मतान्तर हो। नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले भने ९ हजार १ सय १५ मत पाए।

उपमेयरमा गठबन्धनको भाग पाएकी नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारी नेकपा एमालेकी उम्मेदवार कन्दकला रानासँग पराजित भइन्। रानाले १५ हजार ४ सय ७९ मत पाउँदा अधिकारीले १२ हजार ६ सय ७० मत पाइन्।

यसअघिको निर्वाचनमा धनगढीको मेयरका लागि स्वतन्त्र उम्मेदवार बनेका हमाल निकटतम प्रतिद्वन्द्वी भएर कांग्रेसका उम्मेदवार नृप वडसँग पराजित भएका थिए। वडले १४ हजार ३२४ मत ल्याउँदा हमालले ११ हजार ५२७ मत पाएका थिए। हमाल वडसँग २ हजार ७९७ मतले पछि परेका थिए। यसो त हमालले यसपटक मेयरको उम्मेदवारी दिनुपूर्व विवेकशील पार्टीबाट राजीनामा दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell