PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बैतडीमा जीप दुर्घटनाः ५ जनाको मृत्यु, ६ जना घाइते



एम बम

बैतडीमा जीप दुर्घटनाः ५ जनाको मृत्यु, ६ जना घाइते

कैलालीः बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।  

जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार थली भन्ने ठाउँमा दुर्घटना हुँदा  ४ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएकी पाटन नगरपालिका १ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको छ। 

दुर्घटनामा ५ जना घाइते भएका छन्।

दुर्घटनामा परेर ज्यान गुमाउनेमा अन्यमा पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनीषा विक र उनका श्रीमान् २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको रहेका छन्।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको प्रहरी निरीक्षक शाहीले बताए। प्रहरीका अनुसार जीपमा चालकसहित ११ जना थिए। घटनाको कारण खुलेको छैन। चालक फरार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell