A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.697ceb6cb49c70.12655756): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.697ceb6cb49c70.12655756,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

जिल्लामा जुध्दा एनपी र लेखकसँग देउवा रुष्ट, गुमाए महामन्त्रीको टिकट
PahiloPost

Jan 30, 2026 | १७ माघ २०८२

जिल्लामा जुध्दा एनपी र लेखकसँग देउवा रुष्ट, गुमाए महामन्त्रीको टिकट



एम बम

जिल्लामा जुध्दा एनपी र लेखकसँग देउवा रुष्ट, गुमाए महामन्त्रीको टिकट

कैलाली :  नेपाली कांग्रेसको प्रभावशाली पद मानिन्छ महामन्त्री। सभापतिपछिको यो पदमा चुनाव लड्ने चाहना धेरैको हुन्छ। शनिवार उम्मेद्वार मनोनयनअघि सम्म सभापति शेरबहादुर देउवा टिममा महामन्त्रीको उम्मेद्वार बन्न ठुलै रस्साकस्सी चल्यो।

सुदूरपश्चिमका दुई नेता एनपी साउद र रमेश लेखकको पनि ठुलै चाहना थियो महामन्त्रीको टिकट लिने। टिम देउवाबाट महामन्त्रीको टिकट पाए चुनावी मत परिणाम पनि राम्रै आउने उनीहरुको अनुमान थियो। साउदले त अनामनगरमा सम्पर्क कार्यालय खोलेर प्रचार थालिसकेका थिए महामन्त्रीका लागि। देउवाले पनि बुढानिलकण्ठ बैठकमा आफूले पदाधिकारी पाउनुपर्ने भन्दै घुमाउरो पाराले महामन्त्रीमै दाबी गरेका थिए। तर अन्तिम समयमा आएर कृष्णप्रसाद सिटौलासँग समीकरण गर्दा साउद र लेखक कसैले पनि महामन्त्रीमा भिड्ने अवसर पाएनन्।

देउवा दुबैसँग रुष्ट

सुदूरपश्चिमका बलिया यी दुबै नेतासँग पछिल्लो समय देउवा रुष्ट रहेको बताइन्छ। कारण, जिल्ला तहको अधिवेशनमा एनपी र रमेशको मारमुङ्री।

जिल्लामा दुई नेता जुध्दा देउवामाथि विभिन्न टीकाटिप्पणी जारी थियो। यसै त डडेल्धुरामा कर्ण मल्लले गरेको विद्रोह त्यसमाथि दुई नेताको झगडा। यही कारणले देउवा पछिल्लो समय साउद र लेखकसँग असन्तुष्ट रहेको बालुवाटार स्रोतको दाबी छ।

के भएको थियो जिल्ला अधिवेशनमा?

जिल्ला अधिवेशनका क्रममा कञ्चनपुरमा लेखक र साउद पक्षको प्यानलै उत्रियो। कञ्चनपुर जिल्ला सभापतिमा लेखकको समर्थन पाएका पदम बोगटी निर्वाचित हुँदा साउदको समर्थन पाएका बहादुरसिंह थापा पराजित भए।

त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पनि त्यस्तै प्रतिस्पर्धा चल्यो। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा साउद पक्षबाट सभापतिमा लालबहादुर सिंह विजयी भए लेखकले प्रतिस्पर्धामा उतारेका नवराज जोशी पराजित।

सचिव पनि साउदकै गणेशबहादुर सिंह र थानेश्वरप्रसाद भट्ट विजयी।

क्षेत्र नम्बर ३ मा साउद समर्थित गणेश नेगीलाई पराजित गरेर लेखक निकट केशब चन्द प्यानलसहित निर्वाचित भए। निर्वाचन क्षेत्र १ मा भने लेखक प्यानललाई दिवान सिंह बिष्ट प्यानलले हराएको थियो।

प्रदेश सभाको अधिवेशनमा क्षेत्र १ मा दिवान सिंह बिष्टको वर्चस्व रह्यो। निर्वाचन क्षेत्र २ को १ मा झन्कर खड्का साउद निकट प्यानल विजयी भयो।

निर्वाचन क्षेत्र ३ को १ मा रमेश लेखक समर्थित पदमराज अवस्थीको प्यानल विजयी भयो। ३ को २ मा लेखकका उम्मेदवार पुष्कर जोशी विजयी भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell