PahiloPost

Aug 28, 2026 | १२ भदौ २०८३

डोटीमा जीप दुर्घटनाः दुईको मृत्यु, ५ जना घाइते



एम बम

डोटीमा जीप दुर्घटनाः दुईको मृत्यु, ५ जना घाइते

कैलालीः डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।

जिल्लाको पूर्वी चौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरा गाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक र घाइतेको सनाखत भने हुन सकेको छैन।

जीप के कति कारणले दुर्घटना भएको हो भन्नेबारे पनि खुलेको छैन। अहिले जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी टोली घटनास्थल पुगेको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याउने कार्य भइरहेको छ। जीप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell