A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.697ceb6c711cb3.70876190): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.697ceb6c711cb3.70876190,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.697ceb7234fab8.40337023): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.697ceb7234fab8.40337023,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

देउवाको प्रदेशमा देउडाको चाल : प्रदेश नेतृत्वका लागि मतदान भइरहँदा कांग्रेसलाई गीतबाटै सुदृढ बन्न सुझाव
PahiloPost

Jan 30, 2026 | १७ माघ २०८२

देउवाको प्रदेशमा देउडाको चाल : प्रदेश नेतृत्वका लागि मतदान भइरहँदा कांग्रेसलाई गीतबाटै सुदृढ बन्न सुझाव



एम बम

देउवाको प्रदेशमा देउडाको चाल : प्रदेश नेतृत्वका लागि मतदान भइरहँदा कांग्रेसलाई गीतबाटै सुदृढ बन्न सुझाव

कैलाली : नेपाली कांग्रेसको सुदूरपश्चिम कार्यसमिति चयनको प्रक्रिया जारी छ। सोही कार्यका लागि शनिबार दिउँसो धनगढीस्थित निर्माण व्यवसायी संघको सभा हलभित्र मतदान चलिरहँदा बाहिर भने फरक दृश्यले प्रतिनिधिको ध्यान तान्यो।

वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीसहितका कलाकार समेत सहभागी रहेको अधिवेशनमा हलभित्र मतदान चलिरहँदा बाहिर देउडीयाहरूको देउडामा अधिकांश प्रतिनिधिको ध्यान केन्द्रित भयो।

प्रतिनिधिहरूले देउडामार्फत नेपालका कम्युनिस्ट पार्टीमाथि व्यङ्ग्य तथा नेपाली कांग्रेस पार्टीलाई थप सुदृढ बनाउनुपर्ने कुरामा जोड दिए। देउडा खेल चलिरहेको स्थानको केही पर मतदान भइरहेको हलको गेटमा युवाहरू आफ्ना प्यानलका पदाधिकारी तथा सदस्यको प्रचार-प्रसारका लागि नाराबाजी गरिरहँदा राना थारु समुदायको प्रतिनिधित्व गर्दै राना पहिरनमा सजिएका किशोरी भने आफ्ना पहिचानसहितका नारा लगाउँदै प्रचार-प्रसारमा सरिक भएका थिए।

प्रदेश कार्यसमितिको ५६ पदका लागि १७९ जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिका अनुसार अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी चयन गर्नेछ भने ४८ प्रदेश सदस्य चयन गर्ने छ। जसमा पदाधिकारीका लागि १९ जनाको र १६० जनाले सदस्यमा उम्मेदवारी दिएका छन्। ५९ सदस्यीय कार्यसमितिमा तीन जना भने निर्विरोध चयन भइसकेका छन्। ५६ पदका लागि मतदान सम्पन्न भएको छ। मतगणना राति ९ बजेबाट सुरु हुने बताइएको छ।

सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell