PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सुदूरपश्चिममा शीर्ष नेताको शक्ति प्रदर्शन : देउवाले बसपार्कमा सम्बोधन गर्दै, ओलीका लागि तयार गरिँदै खुलामञ्च



एम बम

सुदूरपश्चिममा शीर्ष नेताको शक्ति प्रदर्शन : देउवाले बसपार्कमा सम्बोधन गर्दै, ओलीका लागि तयार गरिँदै खुलामञ्च

कैलाली : आजबाट दल र उम्मेदवारहरुले जुलुस र आमसभा गर्न पाउने भएसँगै दलहरू शक्ति प्रदर्शनमा केन्द्रित हुन थालेका छन्। जसका लागि शीर्ष नेताहरूको सुदूरपश्चिम दौड सुरु भएको छ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुगिसकेका छन्। मनोनयन दर्ताको दिन समेत गृह जिल्ला नपुगेका देउवा अहिले भने शक्ति प्रदर्शनका लागि यहाँ आइपुगेका हुन्। बुधवार सुदूरपश्चिम पुगेका देउवाले बिहीबार डडेल्धुरामा आयोजना हुने वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त शक्ति प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

डडेल्धुरा जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी आमसभामा शक्ति प्रदर्शन गर्न गठबन्धनले तीव्र तयारी गरेको थियो। जिल्लाभर ४५ वटा बोलेरोका जिप तथा अन्य सवारीहरू परिचालन गरि मानिसलाई सदरमुकाम ओसारिएको छ। देउवाले आगामी ४ दिन डडेल्धुराका विभिन्न चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आज सुदूरपश्चिम आउने कार्यक्रम तय भएको छ। ओली आज धनगढी आइपुग्ने एमालेका सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए। 

चुनावी देश दौडाहाको सुरुवात गर्न ओली धनगढी आउन लागेका हुन। आज धनगढी आइपुगे पनि उनले पहिलो औपचारिक कार्यक्रममा भने भोलि सम्बोधन गर्ने तय भएको छ।

भोलि दार्चुला सदरमुकाम खलङ्गास्थित खुलामञ्चमा आयोजना हुने शक्ति प्रदर्शन तथा चुनावी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ओलीले भोलि दार्चुला बाटै चुनावी अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले बताए। त्यसका लागि खुलामञ्च तयारी अवस्थामा राखिएको र जिल्लाभरबाट मानिस ल्याउने कार्य भइरहेको जनाइएको छ।

ओलीले भोलि नै बैतडी र कञ्चनपुरमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell