PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

बुधवार रातिको वर्षाले धनगढीको ३ नम्बर वडा डुबानमा



एम बम

बुधवार रातिको वर्षाले धनगढीको ३ नम्बर वडा डुबानमा

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को मित्रनगर बुधवार रातिको अविरल वर्षापछि डुबानमा परेको छ।

मंगलवार राति पानी परे पनि बुधवार दिउँसो घाम लागेको धनगढीमा बुधवार राति पुनः पानी परेपछि धनगढी-३ मा रहेको मित्रनगर र विद्युत् कार्यालय आसपासको क्षेत्र डुबानमा परेको स्थानीय बलबहादुर ऐरले बताए। मित्रनगर आसपासका क्षेत्र डुबानमा परेपछि आवतजावतमा  समस्या भएको छ।

यता, विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र पनि जलमग्न बनेको छ। कार्यालय जलमग्न बनेपछि विद्युतीय केवल सर्ट हुने जोखिम बढेको वितरण केन्द्रले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell