PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एक मत बदर हुँदा एक मतले नै सभामुख हुनबाट रोकिए माओवादी केन्द्रका उम्मेदवार भण्डारी



एम बम

एक मत बदर हुँदा एक मतले नै सभामुख हुनबाट रोकिए माओवादी केन्द्रका उम्मेदवार भण्डारी

कैलालीः बहुमतका लागि एक मत नपुगेपछि सुदूरपश्चिम प्रदेशमा सभामुख चयन प्रक्रिया पूरा हुन सकेन। बिहीबार भएको मतदानमा सत्ता गठबन्धन र विपक्षी तर्फबाट मनोनयन भएका दुबै प्रस्तावलाई बहुमत जुटेन। बुहमत पाउन नसकेपछि प्रक्रिया शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। 

सुदूरपश्चिममा सभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट मानबहादुर रावल र सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी) का तर्फबाट भीम भण्डारीले मनोनयन दर्ता गरेका छन्। 

बिहीबारको मतदानमा रावलको पक्षमा २३ र विपक्षमा २७ मत पर्‍यो। भने, भण्डारीको प्रस्तावको पक्षमा २६ र विपक्षमा २३ मत खस्यो। एक मत बदर भयो। एक मत बदर हुँदा भण्डारी सभामुख चयन हुनबाट रोकिए। 

त्यसो त बैठकमा दुई सदस्य अनुपस्थित थिए। एमालेका चक्र मल्ल र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी अनुपस्थित रहेका थिए। दुबै सदस्य आवद्ध दलले माओवादी केन्द्रका उम्मेदवार भण्डारीलाई समर्थन गरेको छ। 

अब सभामुख चयनको बाँकी प्रक्रिया शुक्रबार बिहान ११ बजे फेरि सुरु हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell