PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

गठबन्धनको किचलो, नागरिक उन्मुक्तिको बहिस्कार : दोस्रोपटक पनि चयन हुन सकेन सुदूरपश्चिममा सभामुख



एम बम

गठबन्धनको किचलो, नागरिक उन्मुक्तिको बहिस्कार : दोस्रोपटक पनि चयन हुन सकेन सुदूरपश्चिममा सभामुख

कैलाली : सुदूरपश्चिम प्रदेशमा गठबन्धन भित्र किचलो बढेपछि सभामुख चयनको दोस्रो प्रयास पनि विफल भएको छ। बिहीबार एक मत बदर तथा गठबन्धनका दुई सदस्यको अनुपस्थितिले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका भीम भण्डारी सभामुख चयन हुनबाट एक मतले रोकिएका थिए। शुक्रबार गठबन्धनको किचलो तथा सभाध्यक्षको अनुपस्थितिले प्रदेश सभा बैठक बस्न सकेन।

सभामुखको निर्वाचनका लागि शनिवार बसेको प्रदेश सभा बैठकबाट पनि सभामुख चयन हुन सकेन। बिहीबार सभामुखको निर्वाचनमा मतदान गरेको नागरिक उन्मुक्ति पार्टीले शनिवार मतदान नगरेपछि सभामुख चयन हुन नसकेको हो। सभामुखको मतदान अघि विशेष समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले गठबन्धनमा मुख्यमन्त्रीका लागि सहमति भएको त्यसबाहेक अरू केही सहमति नभएकै अवस्थामा नेपाल मनोमानी भएको आरोप लगाएका थिए। नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो दलसँगको सहमति विना दुई विना विभागीय मन्त्री बनाएको प्रति उनको असन्तुष्टि छ। साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि रेसम चौधरीको रिहाइका विषयमा आफूहरूलाई माघीमै ‘सर्प्राइज’ दिने बताएको भए पनि त्यो कार्यान्वयन हुन नसकेको प्रति उनले असन्तुष्टि राखे। गठबन्धनले मनोमानी गरेको भन्दै सभामुखको मतदानमा आफ्नो दल तटस्थ बस्ने बताए पछि सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्री मण्डल विस्तारमा निर्णय भूमिकामा रहेको नागरिक उन्मुक्तिका कारण सभामुख चयन रोकिएको हो।

सभामुखका लागि नेपाली काँग्रेसका मान बहादुर रावल र नेकपा माओवादी केन्द्रका भीम भण्डारीले मनोनयन दर्ता गराएका छन्। शनिवार रावललाई सभामुख बनाउने प्रस्तावको पक्ष र विपक्षमा २२/२२ मत खस्दा नागरिक उन्मुक्तिका ७ सदस्य मतदानमा सहभागी भएनन्।

त्यस्तै भण्डारीलाई सभामुख चयन गर्न भएको मतदानमामा पनि २२/२२ मत खस्दा नागरिक उन्मुक्तिका ७ सदस्य सहभागी भएनन्। प्रदेश सभाको अर्को बैठक माघ दुई गते बिहान ९ बजे बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell