PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सुदूरपश्चिम सरकारको बजेटः स्वास्थ्य विज्ञान प्रतिष्ठानको घोषणा, सडक र खानेपानीलाई प्राथमिकतामा



एम बम

सुदूरपश्चिम सरकारको बजेटः स्वास्थ्य विज्ञान प्रतिष्ठानको घोषणा, सडक र खानेपानीलाई प्राथमिकतामा

कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले बुधबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।

मन्त्री रावलले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। १२ अर्ब २९ करोड ५९ लाख रुपैयाँ चालुतर्फ र २४ अर्ब १४ करोड ४७ लाख रुपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षको भन्दा झन्डै साढे ६ अर्ब बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याइएको हो।

सरकारले प्रदेशका गौरवका आयोजना, बहुवर्षीय ठेक्कामार्फत सञ्चालित योजनाको काम आगामी वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य बजेटमा लिएको छ। सडक पूर्वाधारमा मात्रै ५ अर्ब बढी बजेट विनियोजन गरेको छ। सडक पूर्वाधारमा ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको छ।

यस्तै प्रदेशमा खानेपानी संरचना निर्माण तथा पुनः निर्माणका लागि १ अर्ब ६७ करोड ९७ लाख र स्वास्थ्य सेवा सुधारका लागि १ अर्ब ६ करोड २६ लाख बजेट विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रतर्फ प्रदेशमा रहेका प्रादेशिक र जिल्ला अस्पतालमा सेवा विस्तारको योजना अटाएका छन्।

प्रदेश सरकारले शिक्षा क्षेत्रका लागि १ अर्ब २३ करोड ७३ लाख बजेट विनियोजन गरेको छ। शिक्षाको गुणस्तर सुधार, आधुनिक पूर्वाधार निर्माण र शैक्षिक जनशक्तिको क्षमता सुधारका लागि प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमअन्तर्गत उक्त बजेट विनियोजन भएको हो।

सुदूरपश्चिमको खेल क्षेत्रका लागि प्रदेश सरकारले १६ करोड २० लाख बजेट विनियोजन गरेको छ। राष्ट्रिय खेलकुदको तयारी र खेलाडी छनोटका लागि ९० लाख विनियोजन गरिएको छ। सामाजिक विकास क्षेत्रका लागि भने ६ अर्ब बढी बजेट विनियोजन गरिएको छ। यस्तै डोटी र डडेल्धुरा जिल्लाका यातायात कार्यालयबाट अब सबै सेवा सञ्चालन गरिने भएको छ।

प्रदेश सरकारले सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell