PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

निर्मला हत्या प्रकरणको चार वर्ष : दुर्गादेवीको न्याय पाउने आशा हरायो, प्रहरी अहिले पनि डिएनएकै भरोसामा



एम बम

निर्मला हत्या प्रकरणको चार वर्ष : दुर्गादेवीको न्याय पाउने आशा हरायो, प्रहरी अहिले पनि डिएनएकै भरोसामा

कञ्चनपुर : मंगलवार कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टा खामकी १३ बर्सिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पुगेको छ। २०७५ साल साउन १० गते हराएकी निर्मला ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन। घटनाको ४ वर्षसम्म पनि प्रहरीको अनुसन्धान कुहिरोको काग जस्तै बने पछि निर्मलाकी आमा दुर्गा देवी पन्तलाई न्याय पाइन्छ भन्ने विश्वास लाग्न छाडेको छ।

वडा कार्यालयको स्वास्थ्य शाखामा काम गर्न थालेकी उनलाई विगत ८ महिना यता कुनै पनि सरकारी अनुसन्धान अधिकारीले यो प्रकरणका विषयमा सोधपुछ पनि गरेका छैनन्।

सरकार र अनुसन्धान अधिकारी फेरिने तर प्रवृत्ति पुरानै दोहरिने भएपछि उनले पनि अहिले जिल्ला प्रहरी कार्यालय धाउन छोडिसकिन।

‘अब निर्मलाले न्याय पाउँछे भनेर र कत्ति पनि आशा बाँकी छैन,’ उनले भनिन्, ‘अहिले न कसैले सोधपुछ गर्छन्, न मैले नै सोधखोज गरेकी छु। एउटै प्रश्नको जवाफ पनि कति जनालाई दिइसक्नु। यति सरकार फेरिए, अनुसन्धान गर्ने पनि कति फेरिए फेरिए, न्याय पाइने भए त पाइसक्थे। अब नपाइने नै हो भनेर मन शान्त बनाउने र यी दुई छोरीहरूको जीवन उज्यालो बनाउनेतिर सोच्नुपर्छ भन्ने लाग्न थालिसक्यो।’

निर्मला भन्दा जेठी छोरी बीबीएस प्रथम वर्षमा पढ्न थालिसकिन्। कान्छी छोरी सरस्वती एसइई दिएर नतिजाको पर्खाइमा छिन्। दुर्गादेवीको घर हुँदै बजार र गाउँ जाने उल्टा खामको बाटो पहिले जस्तो अहिले सुनसान छैन। तर पनि निर्मलाको हत्या भएको बाटो छोरीहरूलाई कलेज पठाउँदा भने दुर्गादेवीको मनमा सधैँ चिसो पस्छ।

‘कान्छी छोरी पनि एसइई पास भएपछि अब गाउँ छोडेर बजार पढ्न जानुपर्ने हुन्छ। त्यो बाटो एक्लै साइकलमा कसरी पठाउने भनेर अहिल्यै बाट मनमा डर लाग्न थालिसक्यो,’ दुर्गादेवी भन्छिन्, ‘हामी जस्ता बेसहाराको को नै पो हुन्छन् र सहारा?’

गत वर्षको साउन महिनाबाट ‘माइग्रेन’ को औषधी सेवन गर्न थालेकी दुर्गादेवीले वरपरका छरछिमेकबाट भने अहिले पहिला जस्तो अपमान सहनुपरेको छैन। पहिला गाउँ निकाला नै गर्नुपर्छ भन्नेहरू पनि अहिले भेट हुँदा बोलचाल गर्न थालिसके। दोस्रो बिहे गरेर छुट्टै बस्दै आएका श्रीमान् यज्ञराज र उनकी कान्छी श्रीमतीसँगको सम्बन्ध पनि अहिले केही सुधार भइसकेको उनले सुनाइन्।

‘अहिले समाज, छरछिमेकको माहौल त ठिकै भइसक्यो। पहिला प्रहरीलाई धम्क्याउने, आन्दोलनको चेतावनी दिनेहरू पनि शान्त भइसके। अब यस्तो वातावरणमा झन् सक्रिय हुनुपर्ने प्रहरी पनि शान्त भएको जस्तो देखेर निर्मलाले न्याय पाउँदिन भनेर आशा करेको हो,’ उनले भनिन्।

पढ्नुस : #WhoKilledNirmala शृङ्खला

प्रहरी अनुसन्धान डिएनएकै भरमा

निर्मलाको हत्यारा पत्ता लगाउनका लागि अहिले पनि निर्मला पन्तको बलात्कारपछि हत्याबारे अनुसन्धान भइरहेको प्रहरीको दाबी छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरी भन्छन्, ‘अहिले पनि ९ जना सम्मिलित सिआईबीको एउटा डेडिकेटेड टोलीले सूक्ष्म अनुसन्धान जारी राखेको छ। त्यसबाहेक हाम्रा अन्य टोली पनि सक्रिय छन्। तर कसैले हामी कहाँ आएर अपराध स्वयंम स्वीकार गरे पनि डिएनएले त्यसलाई पुष्टि नगरेसम्म त अनुसन्धानले पूर्णता पाउँदैन।’

चौधरीले अहिले पनि थप तीन जनाको डिएनए परीक्षणका लागि नमुना पठाइएको बताए। ‘हामीले हालसम्म यो घटनामा १०७ जनाको डिएनए परीक्षण गरिसकेका छौँ। थप तीन जनाको परीक्षणका लागि पठाइएका छौं। त्यो लगाएर ११० जना डिएनए परीक्षणको दायरामा र ६३५ जनालाई सोधपुछ गरिसकेका छौं,’ उनले भने।

प्रहरीले अहिले पहिला भन्दा छुट्टै तरिकाले पनि अनुसन्धान गरिरहेको उनको दाबी छ। लागू औषध दुर्व्यसनकर्ताले घटना घटाएको जस्तो देखिएकाले अहिले अनुसन्धान तीनमा बढी केन्द्रित भएको उनले बताए।

#WhoKilledNirmala शृङ्खला  

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?

शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन

शृङ्खला २० : जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो

शृङ्खला २१ : बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा

शृङ्खला २२ : 'स्पाइरल अफ साइलेन्स' चिरिएको महेन्द्रनगर : आखिर कसले गर्‍यो निर्मलाको हत्या?

शृङ्खला २३ : अछामबाट 'पक्राउ परेका' दुई आर्मीको निर्मला प्रकरणमा के छ कनेक्सन?

शृङ्खला २४ : निर्मलाको सुरुवाल पखाल्ने चाँदनी : हाइप्रोफाइल अपराधीको हल्लामा चेपिएकी प्युसो प्रहरी

शृङ्खला २५ : निर्मला प्रकरणमा वीरबहादुरको बन्दै गरेको घरसँग जोडिएको कनेक्सन 

शृङ्खला २६ : निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने ती शक्तिशाली व्यक्ति

शृङ्खला २७ : मान्छे मर्ने गरी आन्दोलन चर्काउन उक्साउने ती रहस्यमय व्यक्ति को थिए? 

शृङ्खला २८ : 'आन्दोलन नगरे ३५ लाख, मर्ने मार्ने गरी गरे सुविधा' : निर्मलाको नाममा घिनलाग्दो राजनीति  

शृङ्खला २९ : निर्मला र रमिलाको पीडा : कानुनको कठघरामा उभ्याउन होइन, चोख्याउन सघाइरहेको छ डिएनए रिपोर्ट 

समापन : निर्मला प्रकरण : यसरी गरियो रिपोर्टिङ, यस्तो रह्यो हाम्रो निष्कर्ष (शृङ्खला ३०)

 थप समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell