PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

निर्मला हत्या प्रकरण मेरो प्राथमिकता हो, अनुसन्धान भइरहेको छ : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह



पहिलोपोस्ट

निर्मला हत्या प्रकरण मेरो प्राथमिकता हो, अनुसन्धान भइरहेको छ : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
फोटो : नेपाल प्रहरी।

काठमाडौं : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन्।

प्रहरी महानिरीक्षकमा नियुक्त भएको एक महिना पुगेको अवसरमा पत्रकार भेटघाट कार्यक्रममा महानिरीक्षक सिंहले पुराना जघन्य अपराधका घटनाको अनुसन्धानमा प्रहरी लागेको दावी गर्दै उनले निर्मला पन्त प्रकरणलाई प्राथमिकतामा राखेर काम भइरहेको बताएका हुन्। 

प्रहरी महानिरीक्षक सिंहले निर्मला प्रकरणमा अनुसन्धानको काम तीव्र रुपमा अघि बढिरहेको बताएका छन्। उनले विगतका जघन्य प्रकृतिका अपराधहरुको अनुसन्धान पनि तीव्र रुपमा भइरहेको बताए। १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४  वर्ष पुग्न लागेको छ। नेपाल प्रहरीले यस घटनालाई महत्वका साथ अनुसन्धान गरे पनि हत्यारा समक्ष पुग्न सकेको छैन। सय भन्दा धेरै मानिसमाथि अनुसन्धान भए पनि पुष्टि हुने आधार केही फेला पार्न सकेको छैन।

निवर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कार्यकालमा चाहेर पनि निर्मला पन्त प्रकरणमा ‘ब्रेक थ्रु’ गर्न नसकेको बताएका थिए। गत बैशाख १४ गते अवकाश पाउन लागेका थापाले पत्रकार सम्मेलन गरी आफूले निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रयास गरे पनि सफल हुन नसकेको बताएका थिए।

त्यस्तै, प्रहरीको सरुवा बढुवा राजनीतिक प्रभावमा नहुने भन्दै उनले उत्कृष्टताको आधारमा मात्रै हुने बताए।

‘टिपेर ल्याएकाहरु सरुवा बढुवा हुँदैन, उत्कृष्टताको आधारमा मात्रै हुनेछ। जसले राजनीतिक प्रभाव जमाउन खोज्छ त्यसको हामीले रेकर्ड राखेका छौँ,’  प्रहरी महानिरीक्षक सिंहले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell