PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

छठको अवसरमा प्रधानमन्त्रीको भिडियो सन्देशः सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने विश्वास



पहिलोपोस्ट

छठको अवसरमा प्रधानमन्त्रीको भिडियो सन्देशः सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने विश्वास

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्। छठको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले एक समुदायमा मात्र सीमित रहेको पर्वलाई सबै समुदायले उल्लासपूर्वक मनाइनु खुसीको कुरा भएको बताएका छन्।

शुभकामना सन्देशमा भनेका छन् ‘एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात् गर्ने र मनाउने फराकिलो संस्कृतिको विकास भएको छ। यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहाद्रतामा वृद्धि गरेको छ। छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको छ।’

शुभकामना दिँदै प्रधानमन्त्रीले समृद्धि र विकासका लागि सरकारले सुरु गरेको समृद्ध नेपाल, सुखी नेपालीको महाभियानमा सहभागी हुन पनि अपील गरेका छन्।
 

संसारका सम्पूर्ण भौतिक र प्राकृतिक विकास ‘सूर्य’ मा  नै आधारित रहेको बताउँदै प्रधानमन्त्रीले सूर्यको प्रकाश विना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तुलगायत कसैको पनि अस्तित्व रहन नसक्ने पनि शुभकामनामा बताएका छन्।

‘पृथ्वीमा उर्जाको सबैभन्दा शक्तिशाली स्रोत सूर्यको आराधना गर्नु सांस्कृतिक र धार्मिक विश्वासको निरन्तरता मात्र होइन, सूर्यको उपासना वैज्ञानिक दृष्टिले पनि उपयुक्त छ,’ शुभकामना सन्देशमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell