PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कार्यालयमै घुस लिँदालिँदै पक्राउ परेका सरकारी वकिल थापाविरुद्ध मुद्दा दायर



पहिलोपोस्ट

कार्यालयमै घुस लिँदालिँदै पक्राउ परेका सरकारी वकिल थापाविरुद्ध मुद्दा दायर

काठमाडौँः मुद्दा मिलाइदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका सरकारी वकिल (सह–न्यायाधिवक्ता) सुरेन्द्रबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उच्च अदालत सरकारी वकिल कार्यालय कास्कीमा कार्यरत थापालाई अख्तियारले सेवाग्राहीसँग लिँदै गरेको पाँच लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो। अख्तियारले कार्यालयमै घुस लिँदै गरेको अवस्थामा थापालाई असोज २४ गते पक्राउ गरेको थियो।

पढ्नुस्ः कार्यालयमै घुस लिँदालिँदै सहन्यायाधिवक्ता थापा अख्तियारको नियन्त्रणमा

अख्तियारले थापाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)बमोजिम कसुर गरेको ठहर गर्दै पाँच लाख रुपैयाँ बिगोदाबी गरेको छ। यस्तै बिगो बमोजिमको जरिवानाको दाबी पनि अख्तियारले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell