PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

राखेपको नवनियुक्त सदस्यको सपथ, पिताम्बर उपाध्यक्षमा नियुक्त



पहिलोपोस्ट

राखेपको नवनियुक्त सदस्यको सपथ, पिताम्बर उपाध्यक्षमा नियुक्त

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त भएका तीन जना सदस्यले आज युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सपथ लिएका छन्।

सिंहदरवारस्थित खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त सदस्यत्रय पिताम्बर तिमल्सिना, इन्दिरा निरौला र राजेश गुरूङले सपथ लिएका हुन्।

गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा तीन जनालाई नियुक्त गरेको थियो।

सदस्यको सपथ लिएलगत्तै मन्त्रालयले पिताम्बर तिमल्सिनालाई राखेपको उपाध्यमा नियुक्त गरेको छ। उनले उपाध्यक्षको सपथ पनि लिए। पिताम्बर राखेपका पूर्व उपाध्यक्ष समेत हुन्।

सपथपछि सबैजनाले आजैबाट आफ्नो कार्यभार सम्हाल्नेछन्।

डेढ दशकदेखि नेपाली खेलकूदमा सक्रिय रहेका तिमल्सिना युवराज लामा सदस्य सचिव रहेका बेला राखेपका उपाध्यक्ष थिए भने ब्याडमिन्टन सँघमा पनि थिए। यस्तै इन्दिरा निरौला नेपाल भलिबल संघकी केन्द्रिय सदस्य समेत हुन्।

अर्का सदस्य राजेश गुरुङ बक्सिङका पूर्व खेलाडी हुन् भने राखेपकको सदस्य समेत रहिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell