PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रिमियर लिगको प्रमुख कार्यकारी पदमा पहिलो पटक महिला



पहिलोपोस्ट

प्रिमियर लिगको प्रमुख कार्यकारी पदमा पहिलो पटक महिला

विश्वको सबैभन्दा चर्चित फुटबल लिग हो, इंग्ल्याण्डको प्रिमियर लिग फुटबल। यस लिगमा जे भएपनि त्यो चर्चाको विषय बन्छ।

यही लिगमा पहिलो पटक महिला प्रमुख कार्यकारी नियुक्त भएका छन्। सुसना डिनाज प्रिमियर लिगको प्रमुख कार्यकारीमा नियुक्त भएका हुन्।

उनी लिगको उक्त पदमा नियुक्त गरेन तेस्रो व्यक्ति पनि हुन्। उनले अब रिचार्ड स्कुडामोरको स्थान लिनेछन्।

सुनानले मिडिया अर्गनाइजेसन डिक्कोभरीको एनिमल प्लानेट च्यानलको ग्लोबल प्रमुखको रुपमा कायम गरिसकेकी छिन्।

सन् १९९९ मा प्रमुख कार्यकारी नियुक्त भएका ५९ वर्षीय रिचार्डले १९ वर्ष उक्त पदमा रहेर काम गरेपछि अर्को महिनाबाट पद छाड्दैछन्।

'म यो कामको लागि उत्साहित छु। प्रिमियर लिग धेरै मानिसको लागि धेरै कुरा हो।' अर्को वर्षको सुरुदेखि कार्भार सम्हाल्ने सुसानले भनेकी छिन्। 'यसले व्यावसायिक खेलकुदको उच्चतम विन्दुलाई प्रतिनिधित्व गर्छ र त्यस्तो गतिशिल र प्रेरणादायी संस्थालाई लिड गर्न पाउनु फाइदा हो।'

क्लब र टिमको समर्थनबाट लिगलाई अझै धेरै वर्ष सफल बनाउने योजनामा आफू रहेको उनले बताएकी छिन्।

एमटिभी नेटवर्कबाट आफ्नो काम सुरु गरेकी सुसनाले च्यानल फाइभमा ९ वर्ष काम गरिन्। सन् २००९ मा डिस्कोभर इन्क जोइन गरेकी सुसानले २०१७ मा एनिमल प्लानेटको ग्लोबल प्रमुखको रुपमा काम सुरु गरेकी हुन्।

'महत्वपूर्ण पदमा सुसान जस्तो क्षमतावान लिडर नियुक्त गर्न पाउँदा हामी एकदमै खुशी छौँ।' चेल्सीको चियरम्यान तथा प्रिमियर लिग नोमिनेसन कमिटीको चियरम्यान रहेका ब्रुस बकले भने।

विश्वकै चर्चित लिग प्रिमियर लिगगको प्रमुख कार्यकारी पदमा नियुक्त भएपछि सुसना विश्व खेलकुदकै शक्तिशाली महिला बन्ने समेत जनाइएको छ।

प्रिमियर लिगको व्यावसायिकता, विश्वमा रहेको चर्चा र लिगको सांस्कृतिक प्रभावका कारण सुसान बेलायती खेलकुदको पनि सबैभन्दा शक्तिशाली महिला बन्ने बीबीसीले जनाएको छ।

सुसना प्रिमियर लिगकै क्लब फुलह्यामको फ्यान हुन्। उनले आफ्नो ड्रिम जव जुलोजिस्ट बन्नु रहेको उल्लेख गरेकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell