PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सान्टियागो सोलारी २०२१ सम्मका लागि रियलको मुख्य प्रशिक्षक नियुक्त



सान्टियागो सोलारी २०२१ सम्मका लागि रियलको मुख्य प्रशिक्षक नियुक्त

स्पानिस क्लब रियल मड्रिडले सान्टियागो सोलारीलाई सन २०१० सम्मका लागि क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

क्लबले स्टेटमेन्ट जारी गर्दै सोलारीलाई सन २०२१ जुन ३० सम्मको लागि फस्ट टिमको जिम्मेवारी दिइएको जनाएको छ।

अक्टोवर २९ मा तत्कालिन मुख्य प्रशिक्षक युलेन लोपेटगुई बर्खास्तीमा परेपछि सोलारी रियलको अन्तरिम प्रशिक्षक बनेका थिए। त्यसअघि उनी रियलको बी टिम कास्टिलाको प्रशिक्षक थिए।

उनको अन्तरियम प्रशिक्षक अवधीमा रियलले विभिन्न तीन प्रतियोगितामा खेलेको चारवटै खेल जितेको थियो।

त्यसैको परिणाम रियलको मंगलवार बसेको बोर्ड मिटिङले सोलारीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

त्यसअघि नै रियलको मुख्य प्रशिक्षकमा सोलारीले नै निरन्तरता पाउने समाचार सार्वजनिक भएपनि रियलले भने ढिलो मात्र उनको बारेमा औपचारिक निर्णय सार्वजनिक गरेको हो।

४२ वर्षीय अर्जेन्टाइन सोलारीले स्पेनकै एट्लेटिको मड्रिड, रियल मड्रिड र इटलीका इन्‍टर मिलान जस्ता क्लबबाट फुटबल खेलेका थिए।

उनले व्यावयासिक रुपमा प्रशिक्षक सम्हालेको रियल मड्रिड नै पहिलो क्लब हो। सन् २०१३ देखि रियलको युथ टिमको प्रशिक्षक रहेका उनले २०१६ देखि २०१८ सम्म रियलकै बी टिम हेरेका थिए।

उनले खेलाडी जीवनमा रियलमा रहँदा दुई पटक ला लिगा र एक पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell