PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सान्टियागो सोलारी नै रियल मड्रिडको स्थाई प्रशिक्षक नियुक्त



पहिलोपोस्ट

सान्टियागो सोलारी नै रियल मड्रिडको स्थाई प्रशिक्षक नियुक्त

स्पानिस जायन्ट रियल मड्रिडले अन्तरिक प्रशिक्षक सान्टियागो सोलारीलाई नै क्लबको स्थाई प्रशिक्षक नियुक्त गरेको छ। स्पानिस फुटबल एसोसिएसनले ला लिगा क्लब रियलबाट सोलारीको सम्झौता पत्र पाइसकेको जनाएको छ।

तर क्लबले भने औपचारिक घोषणा गर्न बाँकी छ। अक्टोवर २९ मा मुख्य प्रशिक्षक युलेन लोपेटगुईलाई बर्खास्त गरेपछि रियलले सोलारीलाई सिनियर टिमको अन्तरिम प्रशिक्षक नियुक्त गरेको थियो।

यस बीचमा सोलारीको प्रशिक्षणमा खेलेको चार वटै खेलमा रियलले जित हात पारेको छ। जसमा रियलले १५ गोल गर्दा २ गोल मात्र बेहोरेको छ।

 कुनै पनि क्लबले दुई हप्ता भन्दा  बढी अन्तरिम प्रशिक्षक राख्न नपाउने स्पानिस फुटबल एसोसिएसनको नियम अनुसार रियलले सोलारीलाई नै निरन्तरता दिने निर्णय गरेको हो। रियलसामु सोलारीलाई निरन्तरता दिने वा नयाँ मुख्य प्रशिक्षक खोज्ने दुई विकल्प भएपनि उसले पहिलो विकल्प रोजेको हो।

४२ वर्षीय सोलारीले आफ्नो अन्तरिम प्रशिक्षणमै रियललाई लगातार चार खेल जिताए। जुन क्लबको कुनै पनि प्रशिक्षकको हकमा उत्कृष्ट सुरुवात हो। सोलारीले प्रशिक्षण सम्हालेपछि रियलले कोपा डेल रे मा मेलिला, च्याम्पियन्स लिगमा भिक्टवरिया प्लेजन तथा ला लिगामा रियल भाल्लाडोलिड र सेल्टा भिगो विरुद्ध जित हात पारेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell