PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

टिपरको ठक्करबाट चितवनमा बालकको मृत्यु



पहिलोपोस्ट

टिपरको ठक्करबाट चितवनमा बालकको मृत्यु

चितवनः भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेका छन्।

बाबु छोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ६९९८ नम्बरको टिपरले साइकललाई ठक्कर दिएको थियो। टिपरको ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। साइकल चालक बाबु आलम सामान्य रहेका छन्।

ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell