PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेशन्स लिग : सेफेरोभिचको ह्याट्रिकमा बेल्जियम विरुद्ध पुनरागमन जित हात पार्दै स्वीट्जरल्याण्ड सेमिफाइनलमा



पहिलोपोस्ट

नेशन्स लिग : सेफेरोभिचको ह्याट्रिकमा बेल्जियम विरुद्ध पुनरागमन जित हात पार्दै स्वीट्जरल्याण्ड सेमिफाइनलमा
PHOTO : UEFA

हारिस सेफेरोभिचले शानदार ह्याट्रिक गरेपछि स्वीट्जरल्याण्डले बेल्जियम विरुद्ध आश्चर्यजनक रुपमा पुनरागमन जित निकाल्दै युइएफए नेशन्स कपको सेमिफाइनलमा स्थान बनाएको छ।

लिग ए अन्तर्गत समूह बी को खेलमा स्वीट्जरल्याण्डले २-० को स्कोर उल्टाउँदै बेल्जियमलाई ५-२ ले पराजित गरेको हो।

जितपछि स्वीट्जरल्याण्ड र बेल्जियमले चार खेलबाट समान ९ अंक जोडेपनि स्वीट्जरल्याण्ड गोल अन्तरमा अगाडी रहँदै समूह विजेता बनेको हो। 


बेल्जियम विरुद्ध बराबरी नतिजा नै स्वीट्जरल्याण्डलाई सेमिफाइनल पुर्‍याउन पर्याप्त थियो। तर खेलको सुरुवातदेखि नै बेल्जियमले गोल गर्न सुरु गर्‍यो। थोर्गन हाजार्डले पहिलो र १७औँ मिनेटमा गोल गर्दै स्वीट्जरल्याण्डलाई २-० को अग्रता दिलाए। 

त्यसपछि खेलले फरक मोड लियो। स्वीस टोली आश्चर्यजनक रुपमा पुनरागमन गर्दै ५ गोल फर्कायो। सेफेरोभिचले ह्याट्रिक गर्दा रिकार्डो रोड्रिगेज  र निको एलभेदीले एक-एक गोल गरे। 

२६औँ मिनेटमा रिकार्डवले पेनाल्टीमा गोल गरेपछि खेलमा फर्केको स्वीट्जरल्याण्डका लागि सेफेरोभिचले ३१औँ र ४४औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै ३-२ को अग्रता दिलाए। 

६२औँ मिनेटमा एलभेदीले गोल गरेपछि स्वीट्जरल्याण्डले ४-२ को अग्रता बनायो। ८४औँ मिनेटमा सेफेरोभिचले गोल गर्दै ह्याट्रिक पुरा गरे भने स्वीट्जर्ल्याण्डले शानदार जित हात पार्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell