PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

सरकारले प्राथमिकतामा नराख्दा द्वन्द्व पीडितले न्याय पाउन सकेनन् : सिटौला



पी बी खड्का

सरकारले प्राथमिकतामा नराख्दा द्वन्द्व पीडितले न्याय पाउन सकेनन् : सिटौला

सुर्खेत: शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निभाएका नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले द्वन्द्व पीडितलाई न्याय दिन सरकारले प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष वितिसक्दा पनि सरकारले यसलाई प्राथमिकतामा नराख्न पीडितले न्याय पाउन नसकेको दाबी गरे।
 
बुधवार वीरेन्द्रनगरमा नेपाली कांग्रेस जिल्ला कार्य समिति सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो सिटौलाले भने, 'विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष वितिसक्यो। सरकारले प्राथमिकतामा नराख्दा पीडितले न्याय पाउन सकेका छैनन्।’

सिटौलाले थपे, ‘यस भन्दा अघि सरकार स्थायी भएन भनेर टार्ने काम भयो। अब त स्थायी सरकार आएको एक वर्ष वितिसक्यो अझै पनि सरकारले यो विषय प्राथमिकतामा नराख्दा विभिन्न आयोग गठन गर्दा पनि पीडितले न्याय पाउन सकेका छैनन्।’

द्वन्द्वमा करिब १७ हजार जनाले ज्यान गुमाई सके भने कैयौं वेपत्ता भए पनि अहिलेसम्म सरकारले पीडितका पक्षमा कुनै पहल नथालेको उनको आरोप थियो।
 
अझै पनि पीडितले न्याय नपाउँदा अर्काे द्वन्द्व सिर्जना आउन सक्ने उल्लेख गर्दै सिटौलाले कुनै पनि द्वन्द्व हिंसा नहोस् भनेर जनताको अपेक्षा र चाहाना पुरा गर्नुपर्ने बताए।
 
‘अहिलेसम्म पीडितले न्याय नपाउँदा अर्काे द्वन्द्व नआउला भन्न सकिन्न। बदलाको भावन आउन सक्छ।’ उनले भने,‘यस्ता द्वन्द्व र हिंसा नहोस् भनेर जनताको अपेक्षा र चाहाना पुरा गर्न आवश्यक हुन्छ।’

पीडितको न्यायका लागि सरकारले प्राथमिकतामा राखेर बढे कांग्रेस सकारात्मक रुपमा सहयोग गर्न तयार रहेको उनले बताए। 

सरकार गठन भएको एक वर्ष वितिसक्दा पनि अहिलेसम्म कुनै पनि काम गर्न नसकेकाले जनताको गुनासो मात्रै आएको बताए। ‘सरकार गठन भएको एक वर्ष वितिसक्यो। उपलब्धी केही दिन सकेको छैन्।’ उनले भने,‘जनताको आशा र अपेक्षा पुरा गर्न तर्फ लागेको देखिन्न। जतातै जनताको गुनासै गुनासा मात्रै छन् सरकार प्रति।’
 
त्यस्तै, पार्टीले संसदमा प्रतिपक्षको भूमिका खेल्न नसकेको उल्लेख गर्दै सिटौलाले प्रतिपक्ष भएर पनि सरकारलाई दवाव र प्रभावबाट सही ट्रयाकमा हिडाउन नसकेको आरोपसमेत लगाए। ‘सरकारको जुन अन्धोपनलाई प्रतिपक्षले आँखा खोल्नुपर्ने हो त्यो हुन सकेको छैन्।’ उनले भने,‘सरकारलाई दवाव र प्रभावबाट सचेत गराई सही बाटोमा हिडाउन सक्नुपर्थ्यो, त्यो भएको छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell