PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मेलाबाट घर फर्किएका यात्रु बोकेको बस डडेलधुरामा दुर्घटना, १६ को मृत्यु



पहिलोपोस्ट

मेलाबाट घर फर्किएका यात्रु बोकेको बस डडेलधुरामा दुर्घटना, १६ को मृत्यु

अमरगढी : डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा आज साँझ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीलाई उद्‍धृत गर्दै राससले जनाए अनुसार भाडामा लिइएको डोटीको पिसजोन विद्या निकेतन स्कूलको बस दुर्घटनामा परेको हो। अमरगढी–५ स्थित उग्रतारा मन्दिरमा आज लागेको मेलाबाट घर फर्किँदै गरेका यात्रु दुर्घटनामा परेका हुन्। 

डा. केआई सिंह राजमार्गअन्तर्गतको सो बाटोमा से १ क २९३ नम्बरको बस करिब २ सय मिटर तल खसेको थियो। १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell