PahiloPost

Apr 22, 2019 | ९ बैशाख २०७६

जज इन्दिराकै गीत गाउँदा बाहिरिइन् गोल्डेन माइक विजेता नीलिमा


पहिलोपोस्ट

जज इन्दिराकै गीत गाउँदा बाहिरिइन् गोल्डेन माइक विजेता नीलिमा

पोखराकी नीलिमा थापा मगर नेपाल आइडलको होडबाट बाहिरिएकी छिन्। 

शुक्रबार प्रसारण भएको कार्यक्रममा बटम थ्रीमा परेका पोखराका विक्रम बराल र झापाकी अस्मिता अधिकारीभन्दा कम भोट पाएपछि नीलिमाले नेपाल आइडलको मञ्च छाड्नु परेको हो। 

पोखरा अडिसनमा गोल्डेन माइक पाएर सीधै गाला राउन्ड प्रवेश गरेकी नीलिमाले हरेक पटक जजहरुबाट प्रशंसा पाएकी थिइन्। बिहीबारको जजिङ राउन्डमा नीलिमाले जज इन्दिरा जोशीको 'बेहुली' गाएकी थिइन्। उनलाई सन्तोष लामाले साथ दिएका थिए। 

यो इन्डिङ हैन, म यसलाई प्रुभ गरेर देखाउँछु, नीलिमाले अन्तिम पटक मञ्चबाट भनिन्। 

यसअघि अर्का गोल्डेन माइक विजेता मीनराज पौडेल पनि बाहिरिसकेका छन्। पौडेललाई स्वास्थ्यले पनि साथ दिएको थिएन। नीलिमा पनि स्वास्थ्यका कारण गएको हप्ता एउटा एपिसोडमा उपस्थित हुन असमर्थ भएकी थिइन्। 

विक्रम बराल यसअघि पनि बटम थ्रीमा परेर सेभ भएका हुन्। सबभन्दा बढी भोट सुमित पाठकले पाए। सुमितले हिजो 'ऊ जितेर गई या हारेर गई' गाएका थिए। 

नेपाल आइडलको उपाधिका लागि अब ६ जना प्रतिस्पर्धी होडमा छन्- झापाका सुमित पाठक र अस्मिता अधिकारी, कञ्चनपुरका रवि ओड, दोलखाका पवन गिरी, पोखराका विक्रम बराल र बुटवलका अमित बराल। 



जज इन्दिराकै गीत गाउँदा बाहिरिइन् गोल्डेन माइक विजेता नीलिमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट