PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रिमियर लिग : म्यानचेष्टर सिटी र लिभरपुलको सहज जित, चेल्सी टोटनहमसँग पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटी र लिभरपुलको सहज जित, चेल्सी टोटनहमसँग पराजित

प्रिमियर लिगमा यस सिजन चेल्सीले पहिलो हार बेहोरेको छ। शनिवार भएको लण्डन डर्बी खेलमा चेल्सी टोटनहम हट्सपरसँग पराजित भएको हो।

त्यसअघि म्यानचेष्टर सिटी र लिभरपुलले सहज जित हात पार्दै अपराजित यात्रा कायमै रखेको छ।

पहिलो स्थानको सिटीले वेष्टह्याम युनाइटेडलाई ४-० ले हराउँदा लिभरपुलले वाटफोर्डलाई ३-० ले हरायो। सिटीलाई सिजनको ११औँ जित दिलाउन लरेय सानेले दुई तथा डेभिड शिल्भा र रहिम स्टर्लिङले एक एक गोल गरे।

जितपछि सिटी १३ खेलबाट ३५ अंकका साथ पहिलो स्थानमा छ।

उता लिभरपुलले दश खेलाडीमा रहेर खेल अन्त्य गरेपनि सहज जित हात पार्‍यो।  लिभरपुलका लागि मोहमद सलाह, ट्रेन्ट अलेक्जान्डर अर्नोल्ड र रोवर्टो फिर्मनोले गोल गरे। तीनै गोल दोस्रो हाफमा भएको थियो। ८२औँ मिनेटमा जोर्डन हेन्डरसनले रातो कार्ड पाएपछि लिभरपुल दश खेलाडीमा झरको थियो।

जितपछि १३ खेलबाट ३३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ। 

यता चेल्सीको अपराजित यात्रा टुड्याउने क्रममा टोटनहमले घरेलु मैदानमा ३-१ को जित हात पार्‍यो। टोटनहमका लागि डेले अली, ह्यारी केन र सेन मिन हनले गोल गरे। चेल्सीका लागि खेलको अन्त्यतिर ओलिभर जिरुडले सान्त्वना गोल फर्काए।

जितपछि १३ खेलबाट ३० अंक जोडेको टोटनहम तेस्रो स्थानमा उक्लेको छ। सिजनको पहिलो हारपछि भने चेल्सी चौथो स्थानमा छ। चेल्सीको १३ खेलबाट २८ अंक छ। 

इस्तै म्यानचेष्टर युनाइटेड भने घरेदु मैदानमै क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell