PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

इपीएल : चितवन टाइगर्सले अनुबन्ध गर्‍यो दोस्रो विदेशी खेलाडी



पहिलोपोस्ट

इपीएल : चितवन टाइगर्सले अनुबन्ध गर्‍यो दोस्रो विदेशी खेलाडी

काठमाडौँ : यही मंसिर २२ गतेदेखि काठमाडौँमा हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) - २०१८ का लागि चितवन टाइगर्सले इंग्ल्याण्डका जोन आन्द्रे सिम्पसनलाई अनुबन्ध गरेको छ।

यसअघि आयरल्याण्डका पउल स्ट्रलिङलाई अनुबन्ध गरिसकेको चितवनले दोस्रो विदेशी खेलाडीको रुपमा सिम्पसनलाई भित्र्याएको हो।

टाइगर्सले बुधवार विज्ञप्ती जारी गर्दै देब्रेहाते विकेटकिपर ब्याट्सम्यान सिम्पसन इपीएल सुरुहुनुअघि काठमाडौँ आइपुग्ने जनाएको छ।


३० वर्षीय सिम्पसनले लंकसायर र मिडलसेक्सबाट खेलिसकेका छन्। उनले १४० फस्ट क्लास र ८५ लिस्ट ए क्रिकेट खेलिसकेका छन्। यस्तै इैग्ल्याण्डको यू-१९ टिमबाट समेत खेलिसकेका सिमसनले ९४ टी-२० क्रिकेट खेलेका छन्। टी-२० मा उनको उच्च स्कोर ८४ हो।

गत सिजन सोचेजस्तो प्रदर्शन गर्न नसकेको चितवनले यस पटक विदेशी खेलाडीको आगमनले टिममा नयाँ जोश आउने जनाएको छ।
 

यी हुन् टीयू मैदानमा यस सिजन इपीएल खेल्ने पक्का भइसकेका विदेशी खेलाडी



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell