PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

च्याम्पियन्स लिग : चार क्लब अन्तिम १६ मा प्रवेश



पहिलोपोस्ट

च्याम्पियन्स लिग : चार क्लब अन्तिम १६ मा प्रवेश

स्पानिस क्लब एट्लेटिको मड्रिड, पोर्चुगिज क्लब पोर्टो तथा जर्मनीको बोरुसिया डर्टमण्ड र साल्के युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन्।

यसअघि नै समूह चरण पार गर्दै आठ क्लबले अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन्। अब नकआउट राउण्डमा पुग्ने चार टोलीको मात्र टुङ्गो लाग्न बाँकी छ।

समूह ए अन्तर्गत दश खेलाडीमा झरेर खेलको अन्त्त्य गरेको एट्लेटिकोले फ्रेन्च क्लब मोनाकोलाई २-० ले हरायो। स्पानिस क्लबका लागि कोके र एन्टोनी ग्रीजमनले गोल गरे।

दोस्रो हाफमा मोनाकोका राडेमेल फाल्काओ पेनाल्टीमा गोल गर्न असफल भए। एट्दलेटिकवकँ सेटेफान साभिचले ८२औँ मिनेटमा रातो कार्ड पाएका थिए।

यस जितपछि एट्लेटिको पाँच खेलबाट १२ अंक सहित समूह ए को शीर्ष स्थानमा छ।

यस्तै क्लब ब्रुगसँग गोलरहित बराबरी खेलेको डर्टमण्डको समान खेलबाट १० अंक छ। पाँच अंक रहेको ब्रुग युरोपा लिगको लागि छनोट भएको छ भने माको समूह चरणबाट बाहिरिएको छ।

यसैगरी पोर्टो समूह डी को विजेता बन्दै अन्तिम १६ मा पुगेको छ। जर्मन क्लब साल्केलाई ३-१ ले पारजित गर्दै पाँच खेलबाट १३ अंक जोडेको पोर्टो एक खेल अघि नै समूह विजेता बन्ने पक्का भएको हो। पोर्टोका लागि एडर मिलिटाण, जेसस कोरोना र मारेगाले गोल गरे।

दोस्रो स्थानको साल्केको ८ अंक छ। यसै समूहको अर्को खेलमा पूछारमा रहेको लोकोमोतिभ मस्कोले टर्किस क्लब गालातासारेलाई २-० ले पराजित गरेपछि साल्के पनि अन्तिम १६ मा पुग्न सफल भएको हो।

गालातासारेको ४ र लोकोमोतिभको ३ अंक छ। अन्तिम खेलमा साल्के पराजित भएपनि यी दुई टोलीले भेट्ने छैनन्।

गालातासारे र लोकोमोतिभ भने समूहमा तेस्रो हुँदै युरोपा लिग खेल्ने होडमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell