PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ला लिगा : बार्सिलोना शीर्ष स्थानमा फर्कियो, सेभिया र एट्लेटिको रोकियो



पहिलोपोस्ट

ला लिगा : बार्सिलोना शीर्ष स्थानमा फर्कियो, सेभिया र एट्लेटिको रोकियो

भियारियाललाई पराजित गर्दै बार्सिलोना स्पानिस ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा फर्किएको छ। बार्सिलोनाले घरेलु मैदान भियारियालाई २-० ले पराजित गरेको हो।

त्यसअघि एट्लेटिको मड्रिडले आत्मघाती गोलको मद्दतमा गिरोनासँग अन्तिम समयमा बराबरी गर्दै अंक खोसेको थियो।

यस्तै सेभियालाई पुन: शीर्ष स्थानमा फर्कने मौका थियो। तर अलाभेजसँग उसैको मैदानमा बराबरीमा रोकिएपछि दोस्रो स्थानमै कायम रह्यो।

बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकेले पहिलो र चार्ल्स एलेनाले दोस्रो हाफमा गोल गरे। जितपछि १४ खेलबाट २८ अंक जोड्दै बार्सिलोना शीर्ष स्थानमा उक्लेको हो।

सेभियाले एक गोलले पछि परेको अवस्थामा बराबरी गरेको हो। जोनीले गोल गर्दै अलाभेजलाई अग्रता दिलाएपनि विसम वेन इडरले सेभियाको लागि बराबरी गोल फर्काएका थिए।

बराबरीपछि १४ खेलबाट सेभियाको २७ अंक छ।

उता गिरोनाका जोनास रम्हाल्होले ८२औँ मिनेटमा आत्मघाती गोल गरेपछि एट्लेटिकोले खेल १-१ को बराबरीमा टुङ्याउँदै एक अंक जोडेको थियो। त्यसअघि पहिलो हाफको अन्तिम समयमा क्रिस्टियन स्तुअनीले पेनाल्टीमा गोल गर्दै गिरोनालाई अग्रता दिलाएका थिए।  

बराबरीपछि एट्लेटिकोको १४ खेलबाट २५ अंक भएको छ। सेभियासँग बराबरी खेलेको अलेभज २४ अंकका साथ चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell