PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

इपीएल : चितवन टाइगर्सको कप्तानमा पृथु बास्कोटा



पहिलोपोस्ट

इपीएल : चितवन टाइगर्सको कप्तानमा पृथु बास्कोटा

काठमाडौँ : यही शनिवारबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग इपीएल २०१८ को लागि चितवन टाइगर्सले पृथु बास्कोटालाई कप्तान नियुक्त गरेको छ।

गत वर्ष कप्तान नियुक्त गरेपनि खेल्न खेल्न नपाएका यू-१९ राष्ट्रिय टिमका पूर्व कप्तान पृथुलाई यस पटक कप्तानको जिम्मेवारी दिएको टाइगर्सले बुधवार जारी विज्ञप्तीमा जनाएको छ।

पृथुको अनुपस्थितिमा गत सिजन दिपेन्द्र सिंह ऐरीले चितवनको कप्तानी सम्हालेका थिए।

ऐरी गत वर्ष मार्की खेलाडीको रुपमा पनि थिए। यस्तै टाइगर्सको मुख्य प्रशिक्षकमा कलाम अली रहनेछन् भने श्यामसङजंग थापा व्यवस्थापक र टिम लिडरको रुपमा रहनेछन्।

यसैगरी टाइगर्सले लोकल ट्यालेन्ट हन्टबाट आकाश थापालाई चयन गरेको विज्ञप्तीमा उल्लेख छ। गत सिजन पनि थापा ट्यालेन्ट हन्टैबाटै टिममा समावेश थिए।

इपीएल नजिकँदै गर्दा चितवन टाइगर्सले काठमाडौँमा तयारी गरिरहेको जनाएको छ। जसमा विदेशी खेलाडीद्वय जोन सिम्पसन र जर्ज स्कट समेत समावेश छन्। अर्का विदेशी खेलाडी पउल स्ट्रलिङ भने बिहीवार राती मात्र काठमाडौँ आइपुग्ने टाइगर्सले जनाएको छ।

कप्तान चयन भएका पृथुले गत वर्ष विविध कारणले चितवनको प्रदर्शन राम्रो हुन नसकेको भन्दै यस पटक आफ्नो टिम उपाधिको दाबेदारीका साथ प्रस्तुत हुने बताए। यस्तै प्रशिक्षक कलाम अलीले यस पटक टाइगर्सको टिम युवा जोशले भरिएको र सन्तुलित रहेको बताए।

टाइगर्समा पृथु र दिपेन्द्रसँगै राष्ट्रिय टिमबाट खेलिसकेका ललितसिंह भण्डारि र दीलिप नाथ अनी यू-१९ टिमका कमल सिंह ऐरी, भिम शार्की, शहाब आलम लगायतका खेलाडी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell