PahiloPost

Dec 12, 2018 | २६ मंसिर २०७५


कोपा डेल रे : बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया प्रिक्वाटरफाइनलमा


पहिलोपोस्ट

कोपा डेल रे : बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया प्रिक्वाटरफाइनलमा

स्पानिस ला लिगाको अंकतालिकामा शीर्ष तीनमा रहेको बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया कोपा डेल रे को प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।

गएराती भएको दोस्रो लेगको खेल जित्दै यी तीन टोलीले अन्तिम १६ मा स्थान पक्का गरे।

बार्सिलोनाले घरेलु मैदानमा भएको दोस्रो लेगमा कल्चरल लियोनेसालाई ४-१ ले पराजित गर्दै समग्रमा ५-१ ले विजयी भयो। बार्सिलोनाका लागि डेनिस सुअरेजले २ तथा मुनिर अल हाड्डाई र माल्कोमले एक-एक गोल गरे।

यस्तै पहिलो लेगमा १-० ले नै विजयी भएको एट्लेटिकोले दोस्रो लेगमा सान्ट एन्ड्रुलाई ४-० ले हरायो। एट्लेटिकोलाई फराकिलो जित दिलाउन थोमस लेमार, निकोला कालिनिक, एन्जल कोरेअ र भिटोलोले गोल गरे।

उता पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको सेभियाले दोस्रो लेगमा भिलानोभेन्सलाई १-० ले पारजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो। घरेलु मैदानमा आन्द्रे शिल्भाले गरेको एक मात्र गोल नै सेभियालाई जित दिलाउन निर्णायक बन्यो।

यस्तै भियारियालले अल्मेरियालाई ८-० ले पराजित गर्दै ११-३ को शानदार जित हात पार्‍यो। पहिलो लेगमा ३-३ गोलको बराबरी खेलेको भयारियालका लागि दोस्रो लेगमा कार्ल टोको एकाम्बी एक्लैले चार गोल गरे। यस्तै कार्लोस बाक्काले दुई तथा जेरार्ड मोरेनो र ड्यानिएल रेबाले एक-एक गोल गरे।

यसैगरी रियल सोसिडाड, गिरोना र रियल भाल्लाडोलिड पनि जित हात पार्दै अन्तिम १६ मा प्रवेश गरेका छन्।

 



कोपा डेल रे : बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया प्रिक्वाटरफाइनलमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट