PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

इपीएलको लागि तयार टीयू मैदान, उद्घाटन खेलमा पारस भर्सेस ज्ञानेन्द्र



पहिलोपोस्ट

इपीएलको लागि तयार टीयू मैदान, उद्घाटन खेलमा पारस भर्सेस ज्ञानेन्द्र

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग इपीएल टी-२० क्रिकेट शनिवारदेखि सुरु हुँदैछ। 'द बिगेस्ट' नारा रहेको इपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयारी अवस्थामा छ।

आयोजकले यस प्रतियोगितालाई भव्य बनाउन यस पटक अन्तर्राष्ट्रिय स्तरको क्रिकेट कमेन्टेटरदेखि अन्तर्राष्ट्रिय चियरलिडर्सलाई समेत भित्र्याइसकेको छ।

दुई साता चल्ले प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्। साविक विजेता विराटनगर सहित भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रिओट्स, काठमाडौँ किंग्स ११, पोखरा राइनोज र चितवन टाइगर्सले उपाधि जित्ने लक्ष्य सहित प्रतिस्पर्धा गर्नेछन्।

यस पटक दक्षिण अफ्रिका, भारत, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड्स देखि हङकङसम्मका गरी कूल १९ विदेशी खेलाडीले इपीएल खेल्नेछन्। यस्तै भारत र अष्ट्रेलियाका एक-एक प्रशिक्षक समेत इपीएलको टिममा अनुबन्ध भइसकेका छन्।

विश्व क्रिकेटमा नाम चलेका खेलाडीको उपस्थितीले यस पटक इपीएल भव्य र उत्कृष्ट बन्ने आयोजकको विश्वास छ। उनीहरुबाट नेपाली खेलाडीले धेरै सिक्न समेत पाउने नेपाली खेलाडीहरुको भनाई छ।

प्रतियोगिताको उद्घाटन खेलमा भोली साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्स भिड्दैछन्। विराटनगर पारस खड्काको कप्तानीमा तथा ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा खेल्दैछन्। भोलीको खेललाई नेपाली राष्ट्रिय टिमका कप्तान पारस भर्सेस उपकप्तान ज्ञानेन्द्रबीचको भिडन्तको रुपमा हेरिएको छ।

यसैगरी उद्घाटन खेलअघि दिपक बज्राचार्यले सांगितिक प्रस्तुती दिने आयोजकले जनाएको छ।

इपीएलमा सहभागि ६ टिमले राउण्ड सिंगल राउण्ड रोविन लिगमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। लिगपछि शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा पुग्नेछन् र त्यसपछि क्वालिफायर, एलिमिनेटर खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell