PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इपीएल : रवीइन्दर सिंहको शतक मद्दतमा पोखरामाथि भैरहवाको शानदार जित



पहिलोपोस्ट

इपीएल : रवीइन्दर सिंहको शतक मद्दतमा पोखरामाथि भैरहवाको शानदार जित

काठमाडौँ : रवीइन्दर सिंहले शतक प्रहार गरेपछि भैरहवा ग्लाडिएटर्सले उच्च लक्ष्य पछ्याउँदै एभरेष्ट प्रिमियर लिग (इपीएल)मा पोखरा राइनोजमाथि शानदार जित हात पारेको छ।

पोखराले दिएको २१६ रनको लक्ष्य भैरहवाले अन्तिम ओभरमा पुरा गरेको हो। इपीएलको इतिहासमै भैरहवाले सबैभन्दा धेरै रनको लक्ष्य पछ्याएर खेल जितेको हो।

भैरहवाको जितमा भारतीय खेलाडी रवीइन्द्र सिंहले १२५ रन बनाए। ६० बल खेलेका सिंहले ८ चौका र १० छक्का प्रहार गरे। अर्का भारतीय खेलाडी पुनित मेहराले नटआउट १८ रन बनाए।

भैरहवाका लागि आरिफ शेखले २३, रायन टेन डेसचाटले १६ र प्रदिप ऐरीले १४ रन जोडे।

पोखराका लागि सुशन भारी, विक्रम सोब र पउल कघलिनले २-२ विकेट लिए। कघलिनले ५० तथा भारीले ३६ रन खर्चे। यस्तै शक्ति गौचनले ४ ओभरमा ३९ रन खर्चिए भने कुनै विकेट लिएनन्। पोखराका सबैभन्दा मँहगा बलर सावित भएका युवा खेलाडी देव शाहले २ ओभरमा ३८ रन दिएका थिए।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर २१५ रन बनाएको हो।

विदेशी खेलाडीद्वय रिचर्ड लेभी र कप्तान कायल कोत्जरले पहिलो विकेटका लागि शतकिय साझेदारी गर्दै पोखरालाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

अर्का विदेशी खेलाडी पउल कघलिन र सुनिल धमलाले पनि उत्कृष्ट ब्याटिङ गरे।

दक्षिण अफ्रिकि खेलाडी रिचर्ड लेभीले सर्वाधिक ७९ रन बनाए। ३६ बल खेलेका लेभीले ७ चौका र ७ छक्का प्रहार गरे। कोत्जरले ३७ बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा ४७ रन बनाए भने सुनिल धमलाले ३८ रन जोडे। धमलाले २३ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे। कघलिनले नटआउट २० रन बनाए। १० बल खेलेका उनले समान १ चौका र छक्का प्रहार गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell