PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राजदूत शेर्पासँग आज छानबिन समितिले बयान लिने



पहिलोपोस्ट

राजदूत शेर्पासँग आज छानबिन समितिले बयान लिने

काठमाडौँ : मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि सरकारले अनुसन्धान सुरु गरेको छ। परराष्ट्र मन्त्रालयले छानबिन टोली गठन गरी उनलाई मन्त्रालय झिकाएर छानबिन थालेको हो। 

राजदूत शेर्पा आइतबार देखि सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा हाजिर गरेकी छिन्। उनले आइतबार नै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीसँग स्पष्टीकरण दिएको परराष्ट्र स्रोतले जानकारी दियो। 

परराष्ट्र मन्त्रालयका सह प्रवक्ता रामबाबु ढकालले राजदूत शेर्पा आइतबार देखि सिंहदरबारमा हाजिर भएको जानकारी दिँदै समितिले उनीमाथि छानबिन सुरु गरेको पुष्टि गरे। मन्त्रालयले उनीमाथि लागेको आरोपको छानबिन गर्न तीन सदस्यीय छानबिन टोली गठन गरेको छ।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख मणि भट्टराई अस्ट्रेलिया हेर्ने महाशाखा प्रमुख तपस अधिकारी र शिष्टाचार महापाल दीपक अधिकारी सम्मिलित छानबिन समिति गठन गरेको छ। आज समितिले उनीसँग बयान लिने स्रोतले बतायो। उनले आइतबार नै छानबिन समितिका सदस्यहरूसँग छुट्टाछुट्टै आफ्ना कुरा राखेको परराष्ट्र स्रोतले पहिलो पोस्टलाई जानकारी दियो।
 
राजदूत शेर्पाका सवारी चालक वाङ्छु शेर्पाले उनीमाथि मावन तस्करीमा सहयोगी बनेको आरोप लगाएका छन्। उनले आफूसँग पनि शेर्पाले रकम लिएर अस्ट्रेलिया पुर्‍याएको आरोप लगाएका छन्। 

उनले यस्तो आरोप लगाउनु एक वर्ष अगाडि चालक शेर्पालाई अस्ट्रेलिया दूतावासले मन्त्रालयलाई पत्राचार गरी कारबाही गर्न आग्रह गरेको थियो। त्यस्तै वाङ्छुकी श्रीमती मानव तस्करीको आरोपमामा अहिले थुनामा छिन्। 

सवारी चालकले राजदूत शेर्पामाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्रले उनीमाथि स्पष्टीकरण सोधेको थियो। उनको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै समिति गठन गरी छानबिनका लागि काठमाडौँ बोलाएको हो।
 
शेर्पासँग बयान लिएर छानबिन समितिले सुझाव सहितको प्रतिवेदन बुझाउने छ। सोही आधारमा दोषी देखिए राजदूत शेर्पालाई कारावही गरिने सह प्रवक्ता ढकालले बताए। 

राजदूत शेर्पाका श्रीमानले आफूसँग करिब ३३ लाख रुपैयाँ लिएर अस्ट्रेलिया ल्याएको आरोप उनले लगाएका छन्। अरू केही मानिसहरूलाई अस्ट्रेलिया पठाउनका लागि रकम असुल गर्न लगाएको आरोप राजदूतका सवारी चालक वाङ्छुले लगाएका छन्। 

यता उनकी श्रीमतीलाई केही युवाले अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम लिएको उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell