PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

इपीएल : रिचर्ड लेभीले छक्का हानेको बल समात्दा सरुन बने भाग्यमानी दर्शक, पाए नगद ५० हजार



पहिलोपोस्ट

इपीएल : रिचर्ड लेभीले छक्का हानेको बल समात्दा सरुन बने भाग्यमानी दर्शक, पाए नगद ५० हजार
सरुन भट्ट

काठमाडौँ : कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको एभरेष्ट प्रिमियर लिग (इपीएल) मा मैदान बाहिर बल क्याच गर्दा भाग्यमानी बनेका छन्।

दर्शकदिर्घामा बसेर मैदानबाट आएको बल क्याच गर्दा सरुन भट्टले नगद ५० हजार जितेका हुन्।

भट्टले आइतवार दक्षिण अफ्रिकाका विष्फोटक ब्याट्म्यान रिचर्ड लेभीले छक्का प्रहार गरेको बल क्याच गरेका थिए। उनले एक हातले क्याच गरेको कारण आयोजकले दिने भनेको ५० हजार जित्ने पहिलो दर्शक बनेका हुन्।

पोखरा राइनोजका लेभीले भैरहवा ग्लाडिएटर्स विरुद्धको खेलमा छक्का प्रहार गरेको बल भट्टले एक हातले क्याच गरे। त्यसपछि आयोजकको नियमअनुसार उनले एक हाते क्याचको दावी गरे। तर आयोजकले आइतवार भट्टले लिएको क्याच एक हातले हो कि होइन भनेर पुरस्कार दिएको थिएन। तर सोमवार भिडियो फुटेजबाट प्रमाणित भएपछि उनले ५० हजार पाएका हुन्।

इपीएल २०१८ मा आयोजकले नयाँ आकर्षणको रुपमा मैदानबाट खेलाडीले छक्का हानेको बल एक हातले क्याच गर्नेलाई नगद पुरस्कार दिने घोषणा गरेको छ। यसको प्रायोजन एक्सपर्ट भिजा सर्भिसले प्रायोजन गरेको छ।

एक हाते क्याच लिएर आयोजकबाट प्रमाणित भएपछि सोमवार सञ्चारकर्मी सामु प्रस्तुत भएका भट्टले क्याच लिन भन्दा पनि खेल हेर्न भनेर आएको तर आफू क्याच लिन सफल भएकोमा खुशी व्यक्त गरे।

नेपाली क्रिकेटको नियमित दर्शक भट्टले पुरस्कार वापत पाउने ५० हजार के गर्ने भनेर सोच बनाउन बाँकी रहेको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell