PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

नेपाली गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा



रासस

नेपाली गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा

काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका नम्वर वान गोलकिपर किरणकुमार चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा परेका छन्।

माल्दिभ्स फुटबल डटकम र फुटबल एशोसियशन अफ माल्दिभ्सले संयुक्त रुपमा सार्वजनिक गरेको वर्षको उत्कृष्ट तीन गोलकिपरको मनोनयनमा नेपाली गोलकिपर किरण परेका हुन्। आगामी पुस ३ गते उक्त अवार्डको विजेता धोषणा गरिनेछ।

किरण टिसी स्पोटर्स क्लबबाट माल्दिभ्सको राष्ट्रिय लिग खेल्दै आएका छन्। किरणकै उत्कृष्ट प्रदर्शनमा टिसी स्पोर्ट्सले केही दिन अघि मात्र यस सिजनको धिवेही प्रिमियर लिग जितेको थियो। उनीसँग मोहमद फैसल र सुजन परेरासमेत मनोनयनमा परेका छन्।

क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको छ। यसअघि नेपाली डिफेन्डर रोहित चन्दले पनि यसै हप्ता इण्डोनेसिया भएको गो-जेक लिग वानमा उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell